६ वर्षदेखि साङ्लोमा बाँधेर रााखिएका उदयपुरका युवकको उद्धार

त्रियुगा नगरपालिका वडा नं. ६, लालपत्ताका मानसिक विरामी २१ वर्षीय राम बहादुर परियारलाई त्रियुगा नगरपालिकाले उद्धार गरेर उपचार गर्न हेटौडा पठाएको हो।
६ वर्षदेखि साङ्लोमा बाँधेर रााखिएका उदयपुरका युवकको उद्धार

उदयपुर, चैत ४ : उपचार खर्चको अभावको कारण ६ वर्षदेखि साङ्लोमा बाँधेर रााखिएका उदयपुरका एक युवकको त्रियुगा नगरपालिकाले उद्धार गरेको छ।

त्रियुगा नगरपालिका वडा नं. ६, लालपत्ताका मानसिक विरामी २१ वर्षीय राम बहादुर परियारलाई त्रियुगा नगरपालिकाले उद्धार गरेर उपचार गर्न हेटौडा पठाएको हो।

त्रियुगा नगरपालिकाका उपप्रमुख महेश्वरी राई र समाजसेवी भागवत राउतको नेतृत्वमा विरामीको उद्धार गरि उपचारार्थ हेटौडा स्थित मानव सेवा आश्रम पठाएको छ। मानसिक सन्तुलन गुमेपछि राम दिदी हस्तमाया विककाे घरमा साङ्ग्लोले बाँधिएर बस्न बाध्य थिए।

ram bk1679140596.jpg

त्रियुगा नगरपालिकाले बिरामीलाई मानव सेवा आश्रम हेटौडा पुयाउन सवारी साधनको व्यवस्था गर्नुको साथै मानव सेवा आश्रममा सहजीकरण गरेर उपचारमा सहयोग गर्ने व्यवस्था मिलाईएको नगरपालिकाका उपप्रमुख महेश्वरी राईले जानकारी दिए।

त्रियुगा नगरपालिका भित्र कोही पनि मानसिक विरामी उपचार अभावमा बस्नु नपरोस भनेर नगरपालिकाले बिरामीहरुको तथ्यांक संकलन गरेर नियमित उद्धार गर्ने कार्ययोजना बनाएको त्रियुगा नगरपालिकाले जनाएको छ।

 

प्रकाशित मिति: १७:२८ बजे, शनिबार, चैत ४, २०७९
प्रतिक्रिया दिनुहोस्