Kathmandu Press

जापान-दक्षिण कोरिया सुरक्षा साझेदारी

गत बिहीबार जापानको शीर्ष नेतृत्वसँग कोरियाली राष्ट्रपतिले शिखर वार्ता गरेपछि  विगतका विवाद बिसाउने सहमति भएको हो।
जापान-दक्षिण कोरिया सुरक्षा साझेदारी

सोल, चैत ४ : लामो समयदेखि जापान र दक्षिण कोरियाबीचको विद्वेषपूर्ण सम्बन्ध अन्ततः अन्त्य भएको छ। दक्षिण कोरियाका राष्ट्रपति युन सुक येओलको हालैको जापान भ्रमणपछि द्विपक्षीय सम्बन्ध हार्दिकतामा परिणत भएको हो। 

गत बिहीबार जापानको शीर्ष नेतृत्वसँग कोरियाली राष्ट्रपतिले शिखर वार्ता गरेपछि  विगतका विवाद बिसाउने सहमति भएको हो। उत्तर कोरियाको बढ्दो चुनौती सामान गर्न पनि सोल र टोकियो विगतका विवाद बिर्सन सहमत भएका हुन्। पैतीस वर्षे औपनिवेशिक शासनकालमा कोरियाली श्रमिकमाथि अत्याचार भएको तथा उनीहरूले क्षतिपूर्ति पाउनुपर्नेलगायत माग सोलले उठाउँदै आएको थियो। 

Hardik ivf

पछिल्लो समझदारीअनुसार अब जापान र दक्षिण कोरियाले गोप्य सूचना आदान प्रदान गर्नेछन्। विशेष गरी प्योङयाङका गतिविधिसम्बन्धी त्यस्ता सूचना एकअर्काले आदान प्रदान गर्नेछन्। सोलले टोकियोमा भएको त्यससम्बन्धी सम्झौतालाई अक्षरसः कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरेको छ। कोरियाली राष्ट्रपतिको जापान भ्रमणपछि दुई देशबीचको कूटनीतिक सम्बन्ध पनि नवीकृत भएको छ। 

कोरियाली राष्ट्रपतिबाट १२ वर्षपछि भएको जापान भ्रमणले आणविक हतियारयुक्त उत्तरकोरियाविरुद्ध संयुक्त मोर्चा खडा गरेको छ। अमेरिकासहितका सहयोगीसँग अब जापान र दक्षिण कोरियाले सैन्य सूचना तथा प्योङयाङको आणविक र क्षेप्यास्त्र कार्यक्रमसम्बन्धी गोप्य सूचना आदान प्रदान गर्नेछन्। 

दक्षिण कोरियाको विदेश मन्त्रालयले जापानसँगको सम्झौता कार्यान्वयन गर्न औपचारिक रूपमा पत्राचार गरिने जनाएको छ भने रक्षा मन्त्रालयका एक अधिकारीले पनि सम्झौता कार्यान्वयको खाका तयार पारिएको जनाएका छन्। जापानसँगको सम्बन्ध नवीकृत भएसँगै द्विपक्षीय व्यापार विवाद पनि साम्य हुने अपेक्षा गरिएको छ। 

 दक्षिण कोरिया र जापानले रक्षा खर्च र संयुक्त सैन्य अभ्यासलाई बढाइरहेका छन्। यसअघि क्षेत्रीय एवम् विश्वव्यापी स्थायित्वका निम्ति रक्षा खर्च र सैन्य अभ्यास बढाउन आवश्यक भएको राष्ट्रपति युनले बताउनुभएको थियो। कोरियाले जापानसँगको सैन्य सूचना आदान प्रदानसम्बन्धी सम्झौता खारेज गर्ने धम्की पनि दिएको थियो। सोलको उक्त धम्कीबाट प्योङयाङलाई मद्दत पुग्ने भन्दै वासिङ्टनले त्यसो नगर्न आह्वान गरेको थियो। 

प्रकाशित मिति: १७:०८ बजे, शनिबार, चैत ४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्