Kathmandu Press

जनकपुर बोल्ट्सले एनपिएलको उपाधि जित्न सक्ने मुख्य तीन आधार

पहिलो आधार जनकपुरको मार्की खेलाडी र यसबाट खेल्ने राष्ट्रिय खेलाडीहरू छन्।
जनकपुर बोल्ट्सले एनपिएलको उपाधि जित्न सक्ने मुख्य तीन आधार

काठमाडौं, मंसिर १२ : मधेस प्रदेशको प्रतिनिधित्व गर्ने टोली जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग (एनपिएल) फ्रेन्चाइज क्रिकेट प्रतियोगितामा उपाधि जित्ने दाबेदारी गरेको छ।

एनपिएलको उपाधिमा जनकपुरको दाबीमा तीन आधार छन्।

पहिलो आधार जनकपुरको मार्की खेलाडी र यसबाट खेल्ने राष्ट्रिय खेलाडीहरू छन्।

Hardik ivf

विकेटकिपर आशिफ शेख जनकपुरका मार्की खेलाडी हुन्। उनी राष्ट्रिय टिमका ओपनर ब्याट्सम्यान पनि हुन्। अन्तर्राष्ट्रिय स्तरका खेलहरूमा पनि उनको प्रदर्शनी उत्कृष्ट हुन्छन्।

आशिफबाहेक राष्ट्रिय खेलाडीहरु ललितनारायण राजवंशी अनिलकुमार साह पनि जनकपुरमै छन्। अनिल टी-२० मा धुवाँदार ब्याटिङ गर्न सक्ने खेलाडी हुन्।

आशिफ र अनिलकाे ओपनिङ जाेडी राष्ट्रिय टिमकाे पनि सफल जाेडी हाे। त्यसैले याे जाेडी जनकपुरलाई उपाधि दाबेदार बनाउने प्रमुख  आधार हाे।

अनिल पछिल्लाे समय नेपाल गत फेब्रुअरीमा त्रिवि मैदानमै  क्यानडाविरूद्धको शतक प्रहार गरी राष्ट्रिय टिममा पुनरागमन गरेका थिए। त्यसयता उनकाे ब्याटबाट रन निस्किरहेकाे छ।

aasif-sheikh-1732717220.jpg
राष्ट्रिय टिमका उत्कृष्टमध्येका स्पिनर ललित राजवंशी जनकपुरका लागि बलिङतर्फका अर्का खम्बा हुन्। पावर प्ले र मिडल ओभरमा उनकाे किफायती बलिङ फाइदानजनक  हुनेछ। एक इन्डबाट ललितले कसिलाे बलिङ गर्दा अर्काे इन्डबाट बलिङ गर्नेलाई विकेट निकाल्न सहज हुनेछ।

सिनियर राष्ट्रिय टिमबाटै खेलिसकेका किशोर महतो पनि जनकपुर बोल्ट्समै छन्। स्लाेबलका लागि माहिर किशाेर डेथ ओभरका स्पेसलिस्ट पनि हुन्। पछिल्लाे केही समयता अस्ट्रेलियामा रहेका किशाेर एनपिएलका लागि नेपालमा छन्।

अन्डर-१९ राष्ट्रिय टिमका कप्तान तथा फास्ट बलर हेमन्त धामी र यु-१९ कै आकाश त्रिपाठी पनि जनकपुर बोल्ट्समै छन्। यद्यपि उनीहरू एसिया कप खेल्ने टोलीमा रहेका कारण सुरूवातका केही खेल गुमाउनेछन्। यसले जकपुरको फास्ट बलिङ साइड केही कमजोर बन्न सक्छ।

जनकपुरको जितको दोस्रो आधार चल्तीका विदेशी खेलाडी हुन्।

बोल्ट्समा नेपाली खेलाडीसँगै ६ विदेशी खेलाडी छन्। यसमा न्युजिल्यान्ड, पाकिस्तान र अमेरिकाका अनुभवी खेलाडीलाई भित्र्याएको छ।

न्यूजिल्यान्डका जिमी निशम, अमेरिकाका जोशुआ ट्रोम्प, अमेरिकामा बसेर क्रिकेट खेल्ने श्रीलङ्काली मुलका लाहिरु मिलन्था, इंग्ल्यान्डका बेन माइक र पाकिस्तानका ‍मोहमद मोहसिन खान छन्।

bolts-1732717367.jpg
 

निशमकाे आगमनले पनि जनकपुरलाई थप बलियाे बनाएकाे छ। उनी बल र ब्याट दुवैबाट खेल आफ्नाे पक्षमा पार्ने क्षामता राख्छ। एकल प्रदर्शमा उनले थुप्रै न्युजिल्याण्डलाई जित दिलाइसकेका छन्। बाँयाहाते ब्याटर निशमसँग आइपीएल, बिबिएल, भाइटालिटी ब्लास्ट, द हन्ड्रेडलगायत फ्रेन्चाइज लिगहरू खेलको अनुभव छ।

त्यसैगरी अमेरिकाका दाँयाहाते  युवा ब्याटर ट्रम्पले अमेरिकाको घरेलु क्रिकेट लिगमा उत्कृष्ट खेल प्रदर्शन गरेका छन्। ठूला सट खेल्न माहिर ट्रम्प विपक्षी बलरलाई दबाबमा राख्न सके रन बनाउन अन्य ब्याटरलाई पनि सहज हुनेछ।

उनले अमेरिकी हौस्टन प्रिमियर लिग टी-२०, सेन्ट्रल टेक्सास लिग टी–ट्वान्टी लगायतका प्रतियोगिता खेलिसकेका छन्।

श्रीलंकामा जन्मिएर अमेरिकाबाट क्रिकेट खेल्दै आएका विकेटकिपर ब्याटर मिलान्था अनुभवी खेलाडी छन्। उनले अमेरिकाको विभिन्न घरेलु क्रिकेट प्रतियोगिता खेल्दै आएका छन्। मिलान्थाले यसअघि नेपालमै आएर क्रिकेट खेलिसकेका छन्।

जनकपुरले अन्तिम समयमा इङल्याण्डका अलराउण्डर बेन माइकलाई अनुबन्ध गरिएको छ। उनले पनि विभिन्न प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गरेका छन्।  पाकिस्तानी अलरान्डर साेयब मक्सुद चोटका कारण नखेल्ने भएपछि जनकपुरले माइकलाई अनुबन्ध गरेकाे हाे। 

मार्की खेलाडी आशिफले आफ्नो टोलीमा चल्तीका विदेशी र नेपाली युवा खेलाडीका कारण राम्रो सन्तुलन मिलेको बताए।

बोल्ट्सको उपाधि दाबीको तेस्रो आधार हो, यसका मुख्य प्रशिक्षक।

बोल्ट्सको मुख्य प्रशिक्षकमा पुबुदु दसानायके छन्। उनी नेपाली खेलाडी र नेपाल कन्डिसनसँग नजिकबाट परिचित रहेकाले त्यसकाे फाइदा जनकपुरलाई छ।

दासानायकेले नेपाली क्रिकेटलाई माथिल्लो उचाइमा पुर्‍याउन  महत्वपूर्ण भूमिका निर्वाह गरेका छन्। सन् २०११ देखि राष्ट्रिय पुरुष टोली सम्हालेका उनकै प्रशिक्षणमा नेपालले विश्वकपसम्मको यात्रा तय गरेको थियो।

सुरुआतमा उनले सन् २०११ देखि २०१५ सम्म नेपाली टोलीको प्रशिक्षण सम्हालेका छन्। त्यसदौरान उनकै प्रशिक्षणमा नेपालले आइसिसी विश्व क्रिकेट लिग डिभिजन चारदेखि एकसम्मको यात्रा तय गरेको थियो।

नेपालले विभिन्न समयमा क्रिकेटको छनोट चरण पार गर्दै सन् २०१४ मा बङ्गलादेशमा भएको विश्वकपमा सहभागिता जनाएको थियो। दासानायेकेको प्रशिक्षणमा जनपुरको उपाधिमा दाबेदारी बलियो बन्ने अपेक्षा छ।  

जनकपुर बोल्ट्सका ‘हेड अफ अपरेशन’ निरोज खतिवडाले आफनो टोलीको तयारी राम्रो रहेकाले प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्दै प्रतियोगिताको उपाधि जित्नेमा आफु विश्वस्त रहेको बताए।

lalit-rajbanshi-1732717454.jpg
बोल्ट्सले नेपाली र विदेशी खेलाडीसहितको सन्तुलित टोलीकै कारण प्रतियोगितामा राम्रो नतिजा हातपर्ने उनको भनाइ छ। उनले अझै दुईजना विदेशी खेलाडी टिममा आउन बाँकी रहेको बताए।

मंसिर १५ देखि सुरू हुने प्रतियोगितामा जनकपुर बोल्ट्सगै काठमाडौँ गोर्खाज, लुम्बिनी लायन्स, पोखरा एभेन्जर्स, चितवन राइनोज, विराटनगर किंग्स र सुदूरपश्चिम रोयल्स गरी आठ टिम छन्।

प्रतियोगिताको पहिलो खेल नै जनकपुर बोल्ट्सले विराटनगर किंग्ससँग खेल्नेछ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा उद्घाटन खेल दिउँसो १२:१५ बजे सुरु हुनेछ।

टिम बोल्ट्स्: आशिफ शेख, अनीलकुमार साह, ललित राजवंशी, हेमन्त धामी, आकाश त्रिपाठी, रूपेश सिंह, किशोर महतो, अनरिकोप्रसाद यादव,तुलबहादुर थापामगर ।

 

प्रकाशित मिति: १९:४० बजे, बुधबार, मंसिर १२, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्