Kathmandu Press

संक्रमणकालीन न्यायसम्बन्धी संशोधन विधेयकप्रति राप्रपाकाे आपत्ति

विधेयकमा द्वन्द्वको एक पक्षीयलाई मात्रै सम्वोधन गर्ने प्रयास गरेकाले आफूहरुको विरोध रहेको उनको भनाइ छ।
संक्रमणकालीन न्यायसम्बन्धी संशोधन विधेयकप्रति राप्रपाकाे आपत्ति

काठमाडौं, चैत ४ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले संक्रमणकालीन न्यायसम्बन्धी संशोधन विधेयकप्रति आपत्ति जनाएको छ ।

सिंहदरबारमा शनिबार बसेको राप्रपा संसदीय दलको बैठकले सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता पारिएको व्यक्तिको छानबिन सम्बन्धी संशोधन विधेयकमा फरक मत राख्ने निर्णय गरेको पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले जानकारी दिए।

Hardik ivf

विधेयकमा द्वन्द्वको एक पक्षीयलाई मात्रै सम्वोधन गर्ने प्रयास गरेकाले आफूहरुको विरोध रहेको उनको भनाइ छ। बैठकले संसदीय दलको विधानलाइ पारित गरेको छ भने दलको उपनेतामा बुद्धिमान तामाङलाई चयन गरेको लिङ्देनले बताए।

 बैठकले संघ र प्रदेशका सांसदहरुलाई अनुशिक्षण कार्यक्रम गर्ने निर्णय गरेको उनले बताए। बैठकमा संसदमा कसरी प्रस्तुत हुने भन्ने विषयमा छलफल भएको लिङ्देनको भनाइ छ। 

प्रकाशित मिति: १६:२५ बजे, शनिबार, चैत ४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्