Kathmandu Press

राप्रपा संसदीय दलको उपनेतामा उपाध्यक्ष बुद्धिमान तामाङ

पार्टी राप्रपा संसदीय दलको आज (शनिबार) बसेको बैठकले तामाङलाई संसदीय दलको उपनेता चयन गरेको हो। तामाङ समानुपातिक पद्धतिबाट प्रतिनिधिसभा सदस्य चयन भएका थिए।
राप्रपा संसदीय दलको उपनेतामा उपाध्यक्ष बुद्धिमान तामाङ

काठमाडौं, चैत ४ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को संसदीय दलको उपनेतामा उपाध्यक्ष बुद्धिमान तामाङ चयन भएका छन्।

राप्रपा संसदीय दलको आज (शनिबार) बसेको बैठकले तामाङलाई संसदीय दलको उपनेता चयन गरेको हो। तामाङ समानुपातिकबाट प्रतिनिधिसभा सदस्य भएका हुन्।

प्रतिनिधिसभामा राप्रपाका १४ जना सांसद छन्। राप्रपा संसदीय दलको नेतामा अध्यक्ष राजेन्द्र लिङ्देन नै छन्।

आजकाे बैठकले संसदीय दलको विधान पनि पास गरेको बताइएकाे छ। त्यसैगरी लघुवित्त, सहकारी, विदेशमा अलपत्र परेका नागरिक, कृषि मलमा अनुदान घटाएको, सरकारले संसदमा लैजाने तयारी गरेको सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता पारिएको व्यक्तिको छानबिन सम्बन्धी विधेयक संशोधनलगायत विषयमा पनि छलफल भएको जनाइएकाे छ।

 

प्रकाशित मिति: १६:१३ बजे, शनिबार, चैत ४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्