Kathmandu Press

उद्योगीव्यवसायीको समस्या समाधानार्थ कानुन बनाउन पहल गर्छु : सभामुख

उनले मुलुकको विकासका साथै रोजगारी सिर्जना लगाएतका क्षेत्रमा व्यवसायीको भूमिका महत्वपूर्ण रहेको धारणा राखे।
उद्योगीव्यवसायीको समस्या समाधानार्थ कानुन बनाउन पहल गर्छु : सभामुख

काठमाडाैं, चैत ४ : प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले उद्योगीव्यवसायीहरुको समस्या समाधानका लागि आफुले पहल गर्ने बताएका छन्।

ललितपुर उद्योग वाणिज्य संघको स्थापना दिवसका अवसरमा शनिबार ललितपुरमा आयोजित कार्यक्रममा सभामुख घिमिरेले व्यवसायीहरुलाई सहज वातावरण निर्माणका साथै आवश्यक ऐन कानून तर्जुमाका लागि पनि आफूले पहल गर्ने बताएका हुन्।

उनले मुलुकको विकासका साथै रोजगारी सिर्जना लगाएतका क्षेत्रमा व्यवसायीको भूमिका महत्वपूर्ण रहेको धारणा राखे।

उनले नाफासँगै समाजप्रतिको उत्तरदायी वहन गर्न व्यवसायी तयार हुनुपर्ने बताए।

सभामुख घिमिरेले नेपालको अर्थतन्त्रबारे सबै जानकार रहेकाले अर्थतन्त्रलाई गतिशील बनाउन सबैले प्रयत्न गर्नुपर्ने बताए। कार्यक्रमका विभिन्न व्यक्तिहरुलाई सम्मान गरिएको थियो। 

प्रकाशित मिति: १६:०७ बजे, शनिबार, चैत ४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्