Kathmandu Press

बिग बास लिग : सन्दीपको टिम मेलबर्न प्लेअफमा

काठमाडौं, माघ ४ : अष्ट्रेलियाको फ्रेन्चाइज टि–२० क्रिकेट लिग बिग बास लिग खेलिरहेका नेपाली लेगस्पिनर सन्दीप लामिछानेको टिम मेलबर्न स्टार्स प्लेअफ....

बिग बास लिग : सन्दीपको टिम मेलबर्न प्लेअफमा

काठमाडौं, माघ ४ : अष्ट्रेलियाको फ्रेन्चाइज टि–२० क्रिकेट लिग बिग बास लिग खेलिरहेका नेपाली लेगस्पिनर सन्दीप लामिछानेको टिम मेलबर्न स्टार्स प्लेअफमा पुगेको छ। प्रतियोगितामा १० औं जित निकाल्दै मेलबर्न लिगका तीन खेल बाँकी छँदै प्लेफमा पुगेको हो।  

प्रतियोगितामा १० औं जित निकाल्ने क्रममा शनिबार घरेलु मैदानमा भएको मेलबर्नले पर्थ स्कोचर्सलाई १० रनले हरायो। मेलबर्नले दिएको १४२ रनको लक्ष्य पछ्याएको स्कोचर्स निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १३१ रनमा समेटियो।  उसका लागि क्यामरुन बेनक्राफ्टले सार्वधिक ३२ रन बनाए भने कुर्टिस पिटरसनले २० र लिअम लिविङ्स्टनले १८ रनको योगदान दिए।

स्कोचर्सलाई सस्तैमा रोक्ने क्रममा मेबलर्नका निक माडिन्सनले सर्वाधिक ३ विकेट लिए। यस्तै, सन्दीप लामिछाने, ग्लेन म्याक्सवेल, क्लिन हिन्चिफ र ड्यानिअल वारलले समान एक–एक विकेट लिए। स्कोचर्सविरुद्धको एक विकेटसँगै सन्दीपले यो सिजन बिग बासमा आफ्नो विकेट संख्या १२ पुर्‍याएका छन्।

यसअघि पहिले ब्याटिङ गरेको मेलबर्नले हिल्टन क्याटराइटको नटआउट ५८ रनको मद्दतमा निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १४१ रन बनाएको थियो। क्याटराइनले ५६ बल खेल्दै ७ चौका प्रहार गरे। कप्तान ग्लेन म्याक्सेवले २५ र निक लरकिनले २४ रन बनाए। 

११ खेलमा १० जित निकालेको मेलबर्न २० अंकका साथ शीर्ष स्थानमा छ। १० खेलमा १३ अंक जोडेको सिड्नी सिक्सर्स दोस्रो स्थानमा छ भने ११ अंक जोडेको एडिलेड स्ट्राइकर्स तेस्रो, समान १० अंक जोडेका पर्थ स्कोचर्स र ब्रिस्बन हेट चौथो र पाचौं स्थानमा छन्। 
 

प्रकाशित मिति: १४:४२ बजे, शनिबार, माघ ४, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्