कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक भाेलि बस्ने
बैठक बिहान १०ः३० बजे नयाँ बानेश्वरस्थित संघीय संसद भवनको शंकर हलमा बस्ने कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।
काठमाडौं, चैत्र ४ : नेपाली कांग्रेसले भोलि (आइतबार) का लागि केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ।
बैठक बिहान १०ः३० बजे नयाँ बानेश्वरस्थित संघीय संसद भवनको शंकर हलमा बस्ने कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।
उक्त बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूको उपस्थिति रहने उनले बताए।
कांग्रेसले भाेलि नै संसदीय दलको बैठक पनि बोलाएको छ। उक्त बैठक मध्याह्न १२ बजे बस्ने बताइएको छ।
बैठकमा पार्टीको नियमित गतिविधि, समसामयिक राजनीतिक अवस्था, सरकारमा सहभागिता, प्रधानमन्त्रीको विश्वासको मतलगायत विषयमा छलफल हुने जनाइएको छ।
प्रधानमन्त्रीले सोमबार विश्वासको मत लिँदैछन् ।
प्रकाशित मिति: १३:२४ बजे, शनिबार, चैत ४, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार