Kathmandu Press

प्रचण्डले देशभित्र र बाहिरका शक्ति केन्द्रको स्वार्थमा काम गर्दा देशमा अस्थिरता निम्तियाे : विष्ट

‘देशभित्र र बाहिर रहेका विभिन्न शक्तिकेन्द्रको आडमा उनीहरुको स्वार्थलाई सेवा पुर्‍याउने गरी सम्माननीय प्रधानमन्त्री प्रचण्डले भूमिका निर्वाह गर्नुभएको छ। एकप्रकारले उहाँले अस्थिरता निम्त्याउने कामको अगुवाइ गर्नुभएको छ। यो उहाँ स्वयंका लागि धराप साबित हुनेछ।’
प्रचण्डले देशभित्र र बाहिरका शक्ति केन्द्रको स्वार्थमा काम गर्दा देशमा अस्थिरता निम्तियाे : विष्ट

हेटौंडा, चैत ४ : एमाले सचिव गोकर्ण विष्टले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशभित्र र बाहिरका शक्ति केन्द्रको स्वार्थमा काम गरेर देशमा अस्थिरता निम्त्याउन अगुवाइ गरिरहेको आरोप लगाएका छन्।

प्रेस चौतारी मकवानपुर शाखाले हेटौंडामा गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले भने,  ‘देशभित्र र बाहिर रहेका विभिन्न शक्तिकेन्द्रको आडमा उनीहरुको स्वार्थलाई सेवा पुर्‍याउने गरी सम्माननीय प्रधानमन्त्री प्रचण्डले भूमिका निर्वाह गर्नुभएको छ। एकप्रकारले उहाँले अस्थिरता निम्त्याउने कामको अगुवाइ गर्नुभएको छ। यो उहाँ स्वयंका लागि धराप साबित हुनेछ।’

नेकपा एमालेसँग मिलेर प्रचण्ड प्रधानमन्त्री बने पनि २ महिना बित्न नपाउँदै सहमतिलाई तोडेर प्रचण्डले अवसरवादमा रमाएका कारण राष्ट्रको समृद्धि, जनताको जीवन रुपान्तरणको लागि नेपालको राजनीतिमा प्रगतिको कालो बादल मडारिएको विष्टले भनाइ थियो।

एमालेविरुद्ध विभिन्न बनाएको गठबन्धनको आयु धेरै लामो नभएको बताउँदै विष्टले उक्त गठबन्धन भत्किएर नयाँ प्रकारका अवस्थाहरु देखापर्ने उनले बताए। उनले एमाले र कांग्रेस मिलेर सरकार बन्ने परिस्थिति तत्काल नरहेको उनले दाबी गरे।

वर्तमान सरकारले रासायनिक मलको अनुदान कटौती गरेर किसानलाई थप समस्यामा पारेको उनले बताए।

प्रकाशित मिति: १२:५८ बजे, शनिबार, चैत ४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्