इन्डिकेटरमा समस्या देखिएपछि सुर्खेत उडेको बुद्ध एयरको जहाज सिमराबाट काठमाडौं फर्काइयो
बुद्ध एयरको यु ४१३३ जहाजको इन्डिकेटरमा समस्या आएपछि काठमाडौंबाट सुर्खेतका लागि उडेको उक्त जहाजव सिमराको आकाशबाट काठमाडौं फर्काइएको हो।
काठमाडाैं, चैत ४ : जहाजमा समस्या देखिएपछि काठमाडौंबाट सुर्खेतका लागि उडेको बुद्ध एयरको जहाजमा बिचबाटोबाटै काठमाडौं फकाइएको छ।
बुद्ध एयरको यु ४१३३ जहाजको इन्डिकेटरमा समस्या आएपछि काठमाडौंबाट सुर्खेतका लागि उडेको उक्त जहाज सिमराको आकाशबाट काठमाडौं फर्काइएको हो।
काठमाडौंमा सकुशल अवतरण गरिएको उक्त जहाज ग्राउन्डेड गरिएको छ। यो घटनापछि यो जहाज उड्नुपुर्व चेक जाँच गरेका इन्जिनियरलाई समेत काममा रोक लगाइएको छ नागरिक उड्डयन प्राधिरकणले जनाएको छ।
६२ जना यात्रुलाई अर्को जहाजमार्फत सुरक्षित गन्तब्यमा पठाइएको बुद्ध एयरले जनाएको छ।
प्रकाशित मिति: १०:५० बजे, शनिबार, चैत ४, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











