Kathmandu Press

राष्ट्रपति पौडेल र भारतीय समकक्षी मुर्मूबीच टेलिफोन संवाद

राष्ट्रपति पौडेल र भारतीय समकक्षी मुर्मूबीच टेलिफोन संवाद

काठमाडाैं, चैत ३ : राष्ट्रपति रामचन्द्र पौडेललाई उनका भारतीय समकक्षी द्रौपदी मुर्मूले आज साँझ टेलिफोन गरी नेपालको राष्ट्रपतिमा निर्वाचित भएकोमा बधाई तथा सफल कार्यकालको शुभकामना दिएकी छन।

टेलिफोन संवादका क्रममा भारतीय राष्ट्रपति मुर्मूले नेपालको लोकतान्त्रिक आन्दोलनमा लामो संघर्ष र योगदान पुर्‍याउने व्यक्ति नेपालको राष्ट्रपतिमा निर्वाचित भएकोमा खुशी व्यक्त गरेकाे राष्ट्रपति पौडेलका परराष्ट्र सल्लाहकार डा सुरेशचन्द्र चालिसेले जानकारी दिए ।

संवादका क्रममा दुवै राष्ट्रपतिले नेपाल र भारतबीच सदियौँ पुरानो सांस्कृतिक, धार्मिक तथा भौगोलिकरूपले अत्यन्त निकट र प्रगाढ सम्बन्ध भएको छिमेकी रहेको समान धारणा राख्दै आगामी दिनमा यो सम्बन्ध अझ सुमधुर र घनिष्ट हुने विश्वास व्यक्त गरेका थिए। सोही अवसरमा राष्ट्रपति पौडेलले उनका भारतीय समकक्षी मुर्मूलाई नेपाल भ्रमण गरी पशुपतिनाथ दर्शन गर्न निमन्त्रणा दिएका थिए।

प्रकाशित मिति: २०:०३ बजे, शुक्रबार, चैत ३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्