Kathmandu Press

सचिनको साङ्गीतिक चलचित्र ‘मरिहत्ते’

उनले बाह्र वर्षको अन्तरालमा ‘ए मान्छे’ बोलको गीत तयार गर्नुभएको थियो। त्यसपछि उनले साङ्गीतिक क्षेत्रलाई निरन्तरता दिइरहेका छन्।
सचिनको साङ्गीतिक चलचित्र ‘मरिहत्ते’

काठमाडौं, चैत ३ : ‘छ भनौँ कि छैन भनाैं’, ‘यो वनमा छैन क्यारे न्याउली कराउदिन’, ‘ए कान्छी’, ‘ए माया कहाँ छौँ कहाँ’, ‘झन झन बढ्यो याद तिम्रो’, ‘आफ्नो मान्छे’ लगायतका गीतमार्फत स्थापित गायक सचिन रौनियारले गायनसँगै आफ्नो अभिनय रहेको साङ्गीतिक चलचित्र ‘मरिहत्ते’ सार्वजनिक गरेका छन्। 

काठमाडौँमा पत्रकार सम्मेलनको आयोजना गर्दै सार्वजनिक गरिएको ‘मरिहत्ते’ मा उनीसँगै अभिनेत्री नीता ढुङ्गानाको अभिनय रहेको छ। 'गीत तयार भएपछि बनाइएको कथामा निर्देशकले प्रस्ताव गरेपछि अभिनय गरेको हुँ', गायक रौनियारले भने, 'डिजिटल समयमा गायनलाई निरन्तरता दिँदैछु, सुहाउँदो भूमिका आएमा भिडियोमा देखिने छु।' 

Hardik ivf

उनले बाह्र वर्षको अन्तरालमा ‘ए मान्छे’ बोलको गीत तयार गर्नुभएको थियो। त्यसपछि उनले साङ्गीतिक क्षेत्रलाई निरन्तरता दिइरहेका छन्। अभिनेत्री ढुङ्गानाले आफूले निर्वाह गरेको भूमिकाले गृहणीको दिनचर्या प्रस्ट्याएको जानकारी दिए। 

'उपचारको अभावले निम्त्याउने समस्यालाई देखाएका छौँ, यसले मनोरञ्जनसँगै पारिवारिक महत्व र सामाजिक दायित्वलाई समेत समेटेको छ', अभिनेत्री ढुंगानाले भनिन्। गीतमा शब्द र संगीत सन्तोष सुनारको रहेको छ।  

'गीत तयार गर्न झन्डै दुई महिना लाग्यो, सङ्गीत तयार भएपछि सुहाउँदो आवाज खोजेर अडियो तयार गरिएको हो', सङ्गीतकार सुनारले भन्नुभयो। निकेश खड्काद्वारा निर्देशित भिडियोमा आर्थिक अवस्था कमजोर रहेको दम्पतीको कथा देखाइएको छ।

बच्चालाई जीवनको अमूल्य सपना बनाएका दम्पतीले स्वास्थ्य समस्या, सामाजिक सङ्घर्ष र जीविकोपार्जनलाई कथामा समेटिएको छ। भिडियोमा हरि हुमागाईंले छायाङ्कन र विकास धमलाको सम्पादनले गरेका छन्। 

'यसको तयारी नै चलचित्रको झैँ भयो, कन्सेप्ट तयार गरेर कथा बनाएर गोष्ठीसमेत गरेका हौँ', निर्देशक खड्काले भने, 'मैले चलचित्र निर्देशन गर्ने शैलीमै यसलाई तयार गरेको हुँ, गीत हेर्ने नभई कथा पनि हुनुपर्छ भनेर नै साङ्गीतिक चलचित्र बनाएका हौँ।'

प्रकाशित मिति: १८:०३ बजे, शुक्रबार, चैत ३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्