Kathmandu Press

शान्ति सुव्यवस्था कायम गर्न सरकार असफल भयो : ओली 

शान्ति सुव्यवस्था कायम गर्न सरकार असफल भयो : ओली 

काठमाडाैं, चैत ३ : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मुलुकको शान्ति सुव्यवस्था कायम गर्न सरकार असफल भएको बताएका छन् । 

शुक्रबार काठमाडौंमा नेपाल विद्युत प्राधिकरण कर्मचारी युनियनको ११ औं राष्ट्रिय महाधिवेशन उद्घाटन गर्दै ओलीले खुलेआम राष्ट्रबिरोधी, देशद्रोही कुरा गरेर हिडिरहदा पनि सरकारले मुलुकको शान्ति सुव्यवस्था कायम गर्न नसकेको बताएका हुन् । 

उनले देशलाई नै बिदेशीसामू बुझाउनुपर्ने अभिव्यक्ति दिएर एक हुल मान्छे हिड्दा सरकारले नसुनेको उल्लेख गरे ।  देशको सन्तान भन्न पनि नसुहाउने देशद्रोही कुरा गरेर हिड्नेलाई तत्काल नियन्त्रणमा लिनुपर्ने भन्दै ओलीले मुलुक विरोधी अभियान जारी रहे जनताले प्रतिवाद गर्नुपर्ने अवस्था आउने धारणा राखे। उहाले एमाले सरकार छाडेपछि मुलुकको अर्थतन्त्र, सामाजिक र राजनीतिक अवस्था तहसनहस भएको बताए। 

ओलीले अहिले ऊर्जा ब्यापार भन्दा पनि स्वदेशमा नै अत्याधिक खपतमा ध्यान दिनुपर्ने बताए । 

प्रकाशित मिति: १७:४५ बजे, शुक्रबार, चैत ३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्