Kathmandu Press

विश्वकप छनोटमा पुग्न सफल नेपाली क्रिकेट टोलीलाई राष्ट्रपतिद्वारा सम्मान

शीतल निवासमा शुक्रबार राष्ट्रपति पौडेलले नेपाली टोलीलाई सम्मान गरेका हुन्।
विश्वकप छनोटमा पुग्न सफल नेपाली क्रिकेट टोलीलाई राष्ट्रपतिद्वारा सम्मान

काठमाडौं, चैत ३ : राष्ट्रपति रामचन्द्र पौडेलले आइसिसी क्रिकेट विश्वकप लिग–२ मा युएईलाई हराउँदै विश्वकप छनोटमा पुग्न सफल नेपाली क्रिकेट टोलीलाई सम्मान गरेका छन्।

शीतल निवासमा शुक्रबार राष्ट्रपति पौडेलले नेपाली टोलीलाई सम्मान गरेका हुन्। सम्मान कार्यक्रममा राष्ट्रपति पौडेलले विश्वकप छनोटमा पुग्ने क्रममा नेपाली टोलीले निकै राम्रो खेल खेलेको बताए। सबै कुराको पूर्वाधारको कमी हुँदा पनि सफलता प्राप्त हुनु ठुलो कुरा भएको उनले बताए।

राष्ट्रपति पौडेलले नेपाली क्रिकेट क्षेत्रलाई उपेक्षा गर्न नहुने भन्दै राष्ट्रको सान राख्न खेल क्षेत्रको पूर्वाधारका साथै खेलाडीहरुलाई प्रोत्साहित गर्नुपर्ने धारणा राखे। नेपालको जीतले सवै नेपाली गौरवान्तीत रहेको र राष्ट्रले खुसीयाली मनाएको उनको भनाइ छ। उनले विश्वमञ्चमा पनि नेपालले उत्कृष्ट प्रदर्शन गर्ने विश्वास व्यक्त गरे।

बिहीबार नेपालले संयुक्त अरब इमिरेट्स (युएई) लाई नौ रनले पराजित गर्दै विश्वकप छनोटमा पुग्न सफल भएको थियो।

शुक्रबार नै प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डले विश्वकप क्रिकेटको क्वालिफायरमा छनोट भएका नेपाली खेलाडीलाई जनही रु तीन लाख राशिको पुरस्कार घोषणा गरेका थिए। 

प्रकाशित मिति: १६:४१ बजे, शुक्रबार, चैत ३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्