Kathmandu Press

उपराष्ट्रपति चुनावमा दलहरू दुई ठाउँमा उभिए पनि सरकारलाई असर पार्दैन : महामन्त्री थापा

उपराष्ट्रपति निर्वाचनमा मतदानपछि बाहिरिने क्रममा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले एउटै उम्मेदवार बनाउने कोसिस भए पनि असम्भव बनेपछि सरसल्लाहबमोजिम नै फरक ठाउँमा उभिएको दाबी उनले गरे।
उपराष्ट्रपति चुनावमा दलहरू दुई ठाउँमा उभिए पनि सरकारलाई असर पार्दैन : महामन्त्री थापा

काठमाडौं, चैत ३ : कांग्रेस महामन्त्री गगन थापाले सत्ता गठबन्धनमा उपराष्ट्रपति चुनावमा दलहरू दुई ठाउँमा उभिए पनि सरकारको निरन्तरतालाई प्रभावित नपार्ने बताएका छन्।

उपराष्ट्रपति निर्वाचनमा मतदानपछि बाहिरिने क्रममा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले एउटै उम्मेदवार बनाउने कोसिस भए पनि असम्भव बनेपछि सरसल्लाहबमोजिम नै फरक ठाउँमा उभिएको दाबी उनले गरे। माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत लिने बेलामा सबै एक ठाउँमा उभिने दाबी उनले गरे। 

सत्ता गठबन्धनका ठुला चार दलले जनता समाजवादी पार्टी (जसपा) का रामसहाय यादवलाई समर्थन गरेका छन् भने अरु ५ दलले जनमत पार्टीकी ममता झालाई समर्थन गरेका छन्। राष्ट्रपति निर्वाचनका बेला भएको समझदारी कार्यान्वयन भएकाले कांग्रेसले पनि दाहाललाई विश्वासको मत दिने उनको भनाइ थियो।

प्रकाशित मिति: १६:०५ बजे, शुक्रबार, चैत ३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्