Kathmandu Press

 नेपाली क्रिकेट टोलीलाई बाग्मती प्रदेश सरकारले जनही एक लाख दिने 

 नेपाली क्रिकेट टोलीलाई बाग्मती प्रदेश सरकारले जनही एक लाख दिने 

काठमाडौं, चैत ३ :  बागमती प्रदेश सरकारले आइसिसी विश्वकप लिग–२ अन्तर्गत उत्कृष्ट प्रदर्शन गरेका नेपाली खेलाडीलाई पुरस्कृत गर्ने भएको छ । प्रदेश सरकारले खेलाडीहरुलाई जनही एक/एक लाख पुरस्कार दिने घोषणा गरेको हो। 

क्रिकेटका माध्यमबाट इतिहास बनाउन सफल भएकामा प्रोत्साहनस्वरुप सो रकम पुरस्कार दिने निर्णय गरिएको प्रदेश सरकारका प्रवक्ता एवं आर्थिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलियाले जानकारी दिए। 

क्रिकेट खेलाडीहरुले उत्कृष्ट खेलेका कारण देशको शिर उचाइमा पु¥याएकामा प्रदेश सरकारले गौरव गरेको उनले बताए। युएईमाथि प्राप्त जितले नेपाल तालिकाको तेस्रो स्थानमा रहेर विश्वकप छनोटमा पुगेको होे। विश्वकप लिग–२ का सहभागी सात टोलीमध्ये शीर्ष तीन टोली विश्वकप छनोटमा पुग्ने प्रावधान रहेको छ।

प्रकाशित मिति: १३:५५ बजे, शुक्रबार, चैत ३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्