तस्बिरमा उपराष्ट्रपति निर्वाचन
संसद भवनस्थित ल्होत्से हलमा भइरहेको मतदान प्रक्रिया दिउँसो ३ बजेसम्म चल्नेछ।
काठमाडौं, चैत ३ : उपराष्ट्रपति निर्वाचन आज (शुक्रबार) बिहान १० बजेदेखि मतदान जारी छ। संसद भवनस्थित ल्होत्से हलमा भइरहेको मतदान प्रक्रिया दिउँसो ३ बजेसम्म चल्नेछ।
उपराष्ट्रपति पदमा नेकपा एमालेबाट अष्टलक्ष्मी शाक्य, सत्ता गठबन्धनको साझा उम्मेदवारको रूपमा जनता समाजवादी पार्टी (जसपा) बाट रामसहाय यादव, जनमत पार्टीबाट ममता झा उम्मेदवार छन्।
जसपाबाट प्रमिलाकुमारी उपराष्ट्रपति पदको उम्मेदवार छन्। तर उनले रामसहायलाई समर्थन गर्दै आफ्नो आफ्नो उम्मेदवारी निष्क्रिय बनाएको घोषणा गरिसकेकी छन्।
















प्रकाशित मिति: १३:२७ बजे, शुक्रबार, चैत ३, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











