Kathmandu Press

महिलाको हक स्थापित गर्नेछु : झा

नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा मतदानपछि पत्रकारसँग अन्तरक्रिया गर्दै उनले महिला मतदाताको मत महिलालाई नै दिन आग्रह गरिन्।
महिलाको हक स्थापित गर्नेछु : झा

काठमाडौं, चैत ३ : उपराष्ट्रपति पदका लागि जनमत पार्टीका उम्मेदवार ममता झाले आफू निर्वाचित भए महिलाको हकअधिकार स्थापित गर्ने बताएकी छन्। 

नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा मतदानपछि पत्रकारसँग अन्तरक्रिया गर्दै उनले महिला मतदाताको मत महिलालाई नै दिन आग्रह गरिन्। उनले भने, 'राष्ट्रपतिमा पुरुष निर्वाचित भएको अवस्थामा उपराष्ट्रपति पदमा महिला निर्वाचित हुनु राम्रो हुन्छ।'

आज बिहान १० बजेदेखि सुरु भएको मतदान मतदान दिउँसो ३ बजेसम्म हुनेछ। साढे ११ बजेसम्म सङ्घीय संसद् सदस्यतर्फ एक सय ५० र प्रदेशसभा सदस्यतर्फ दुई सय ८६ सदस्यले मतदान गर्नुभएको छ। संसद् भवनको ल्होत्से हलमा दुई मतदान केन्द्रमा मतदान भइरहेको छ। 

उपराष्ट्रपति  पदका लागि जनता समाजवादी पार्टीका रामसहायप्रसाद यादव, जनमत पार्टीकी ममता झा र नेकपा एमालेतर्फका उम्मेदवार अष्टलक्ष्मी शाक्य छन्। 

प्रकाशित मिति: १२:२८ बजे, शुक्रबार, चैत ३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्