सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा मतदान
सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा रहेको मतदान केन्द्रमा पुगेर उनीहरुले मतदान गरेका हुन्।
काठमाडौं, चैत ३ : उपराष्ट्रपति पदको निर्वाचनमा प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले मतदान गर्नुभएको छ।
सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा रहेको मतदान केन्द्रमा पुगेर उनीहरुले मतदान गरेका हुन्।
उपराष्ट्रपतिको निर्वाचनका लागि आज बिहान १० बजेदेखि मतदान सुरु भएको छ। बिहान ११ बजेसम्म दुई सय २० मत खसेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
निर्वाचनमा नेकपा (एमाले) का अष्टलक्ष्मी शाक्य (बोहरा), जनमत पार्टीका ममता झा र जनता समाजवादी पार्टी (जसपा) का रामसहायप्रसाद यादव उम्मेदवार हुनुहुन्छ। अपराह्न ३ बजेसम्म मतदानको समय तोकिएको छ।
प्रकाशित मिति: १२:१३ बजे, शुक्रबार, चैत ३, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











