Kathmandu Press

प्रधानमन्त्री दाहालद्वारा मतदान

उपराष्ट्रपति निर्वाचनअन्तर्गत आज बिहान १० बजेदेखि मतदान जारी छ। अपराह्न १२ बजेसम्म पाँच सय ९५ मत खसेको सहायक निर्वाचन अधिृकत अमृताकुमारी शर्माले जानकारी दिए।
प्रधानमन्त्री दाहालद्वारा मतदान

चितवन, काठमाडाैं ३ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उपराष्ट्रपति पद निर्वाचनमा मतदान गरेका छन्। नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा रहेको मतदान केन्द्रबाट उनले मतदान गरेका हुन्। 

उपराष्ट्रपति निर्वाचनअन्तर्गत आज बिहान १० बजेदेखि मतदान जारी छ। अपराह्न १२ बजेसम्म पाँच सय ९५ मत खसेको सहायक निर्वाचन अधिृकत अमृताकुमारी शर्माले जानकारी दिए। 

सङ्घतर्फ दुई सय १२ र प्रदेशतर्फ तीन सय ८३ मत खसेको छ। उपराष्ट्रपति निर्वाचनमा तीन सय ३२ सङ्घीय संसद्का सदस्य र पाँच सय ५० प्रदेशसभाका सदस्य मतदाता छन्। 

प्रकाशित मिति: १२:२९ बजे, शुक्रबार, चैत ३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्