उपराष्ट्रपतिको निर्वाचन : क्रियापुत्रीकै अवस्थामा प्रदेश सांसद बरालले गरे मतदान
मतदानपछि पत्रकारहरुसँग कुरा गर्दै उनले पार्टीको आग्रह र आफ्नो मतदाताले आफूप्रति गरेको भरोसाका लागि मतदान गर्न आएका बताए।
काठमाडौ, चैत ३ : उपराष्ट्रपतिको निर्वाचनमा गण्डकी प्रदेश सभा सदस्य प्रकाश बरालले क्रियापुत्रीकै अवस्थामा मतदान गरेका छन् । शुक्रबार संघीय संसद भवन बानेश्वरको ल्होत्से हल पुगेर सांसद बरालले मतदान गरेका हुन् ।
मतदानपछि पत्रकारहरुसँग कुरा गर्दै उनले पार्टीको आग्रह र आफ्नो मतदाताले आफूप्रति गरेको भरोसाका लागि मतदान गर्न आएका बताए । बराल मंसिर ४ को निर्वाचनमा कास्की ३(ख) बाट निर्वाचित भएका थिए । ८ दिनअघि उनको पिताको निधन भएको थियो ।
उपराष्ट्रपति निर्वाचनका लागि नेकपा एमालेकी अष्टलक्ष्मी शाक्य (बोहरा), सत्ता गठबन्धनको तर्फबाट जसपाका रामसहायप्रसाद यादव, जसपाकै प्रमिला कुमारी यादव र जनमत पार्टीकी ममता झा गरी चार उम्मेदवार छन् । जसपाकी प्रमिला कुमारीले आफ्नो उम्मेदवारी निष्क्रिय भएको बताएकी छन् ।
प्रकाशित मिति: १२:२७ बजे, शुक्रबार, चैत ३, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











