Kathmandu Press

उपराष्ट्रपति निर्वाचनमा राप्रपाले मतदान नगर्ने

राप्रपाले गएको बुधबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकबाट उपराष्ट्रपति निर्वाचनमा मतदान नगरी तटस्थ बस्ने निर्णय गरेको हो।  
उपराष्ट्रपति निर्वाचनमा राप्रपाले मतदान नगर्ने

काठमाडौं, चैत  ३ : नयाँ उपराष्ट्रपति चयनका लागि आज हुने मतदानमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले भाग लिनेछैन् । 

राप्रपाले गएको बुधबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकबाट उपराष्ट्रपति निर्वाचनमा मतदान नगरी तटस्थ बस्ने निर्णय गरेको हो।  

राप्रपाबाट प्रतिनिधिसभामा १४ र प्रदेशसभामा २८ सांसद छन्। उनीहरूको कुल मतभार दुई हजार ४५० हुन्छ। 

राप्रपा गएको राष्ट्रपति निर्वाचनमा पनि तटस्थ बसेको थियो। मतदानका लागि बिहान १० देखि दिउँसो ३ बजेसम्मको संघीय संसद् भवनको ल्होत्से हलमा मतदान हुनेछ ।

प्रकाशित मिति: ०८:३३ बजे, शुक्रबार, चैत ३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्