Kathmandu Press

उपराष्ट्रपति निर्वाचनबारे निर्णय गर्न रास्वपाको बैठक बस्दै

बिहान साढे ११ बजेबाट पार्टी कार्यालय धुम्बाराहीमा बस्ने भएको छ। उपराष्ट्रपति चयनका लागि आजै १० बजेदेखि ३ बजेसम्म मतदानको समय तोकिएको छ।
उपराष्ट्रपति निर्वाचनबारे निर्णय गर्न रास्वपाको बैठक बस्दै

काठमाडौं, चैत ३ : उपराष्ट्रपति निर्वाचनमा मतदान कसलाई दिने भन्ने विषयमा निर्णय गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पदाधिकारी र संसदीय दलको संयुक्त बैठक बस्दैछ । 

बिहान साढे ११ बजेबाट पार्टी कार्यालय धुम्बाराहीमा बस्ने भएको छ। उपराष्ट्रपति चयनका लागि आजै १० बजेदेखि ३ बजेसम्म मतदानको समय तोकिएको छ। उपराष्ट्रपतिमा सत्ता गठबन्धनको तर्फबाट रामसहायप्रसाद यादव र ममता झा तथा एमालेबाट अष्टलक्ष्मी शाक्यले उम्मेदवारी दिएका छन्। 

यसअघि जसपाबाट उम्मेदवार बनेकी प्रमिलाकुमारी यादवले उम्मेदवारी फिर्ता लिएको र उनले रामसहायप्रसाद यादवलाई समर्थन गर्ने निर्णय गरेकी छन्।  

तर उम्मेदवारी फिर्ता लिने समयभन्दा पछि मात्रै उम्मेदवारी निष्कृय भएको भनेकाले उनको नाम पनि मतपत्रमा हुनेछ। गत फागुन २५ मा रास्वपाले राष्ट्रपतिमा रामचन्द्र पौडेललाई मत दिएको थियो।

प्रकाशित मिति: ०८:१२ बजे, शुक्रबार, चैत ३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्