२०८० सालका बिदा सार्वजनिक, पृथ्वी जयन्ती र जनयुद्ध दिवसमा सार्वजनिक बिदा
विभिन्न दिवस, चाडपर्व र जन्मजयन्ती गरी ३५ दिन बिदा दिइएको बिहीबार राजपत्रमा प्रकाशित सूचनामा उल्लेख गरिएको छ । सूची अनुसार सरकारले पुस २७ गते पृथ्वी जयन्ती र फागुन १ गते जनयुद्ध दिवसको बिदा पनि दिएको छ ।
काठमाडौं, चैत ३ : सरकारले विसं २०८० सालमा दिइने सार्वजनिक बिदाको सूची सार्वजनिक गरेको छ ।
विभिन्न दिवस, चाडपर्व र जन्मजयन्ती गरी ३५ दिन बिदा दिइएको बिहीबार राजपत्रमा प्रकाशित सूचनामा उल्लेख गरिएको छ । सूची अनुसार सरकारले पुस २७ गते पृथ्वी जयन्ती र फागुन १ गते जनयुद्ध दिवसको बिदा पनि दिएको छ ।
राजपत्रमा उल्लेख भएको सूचना अनुसार सबैभन्दा लामो दशैंमा ६ दिन र तिहारमा ५ दिन बिदा दिइएको छ । शनिवार बाहेक ३५ दिन बिदा हुने भएको छ ।
यस्तै आगामी वर्षको बडादसैँमा कात्तिक ४–९ गतेसम्म (६ दिन) र तिहारमा कात्तिक २६–३० गतेसम्म (५ दिन) बिदा दिने सरकारले सूचनामा उल्लेख गरेको छ ।
प्रकाशित मिति: ०७:५४ बजे, शुक्रबार, चैत ३, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार