Kathmandu Press

बुटवलको सेवा र विकास रणनीति तय गर्न छलफल

बुटवलको सेवा र विकास रणनीति तय गर्न छलफल

लुम्बिनी, चैत २ : बुटवल उपमहानगरपालिकाले सेवाप्रवाह तथा विकासबारे आगामी रणनीति तय गर्न आज महिला स्वयंसेविका, सामुदायिक वन उपभोक्ता समूह र पार्कका अगुवासँग छलफल गरेको छ ।

छलफलमा सहभागीले बुटवलको स्वास्थ्य र हरियाली सहरका रूपमा स्थापित गर्न प्रतिबद्ध रहेको बताएका छन। उपमहानगरपालिकाले सेवा प्रवाह तथा विकासबारे आगामी रणनीति तय गर्ने उद्देश्यले महिला स्वयंसेविका, पार्क तथा सामुदायिक वन उपभोक्ता समूहका अगुवासँग छलफल गरेको हो । सहभागी वक्ताहरूले बुटवल उपमहानगरलाई देशकै अग्रणी सहरका रूपमा स्थापित गर्नका लागि आफूहरूले सहयोग गर्ने प्रतिबद्धता जनाएका छन।

Hardik ivf

कार्यक्रममा उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले सबै क्षेत्रका समस्या समाधान गर्दै अगाडि बढ्ने बताए । उनले बुटवललाई साझा सहरका रूपमा स्थापित गर्दै अगाडि बढ्न सबै क्षेत्रको साथ जरुरी रहेको बताए ।

उनले महिला स्वयंसेविकाका समस्यालाई स्थानीयरूपमा समाधान गर्न सकिने र सङ्घ वा प्रदेशबाट समाधान हुने गरी अगाडि बढाउने बताए । उनले सामुदायिक वन र पार्कलाई पर्यटकीयस्थल र विश्रामस्थलका रूपमा विकसित गर्दै जानुपर्ने बताए।

प्रकाशित मिति: १९:५७ बजे, बिहीबार, चैत २, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्