Kathmandu Press

नेपाली जनसम्पर्क समिति क्यानाडाको अध्यक्षमा पाण्डे

नेपाली जनसम्पर्क समिति क्यानाडाको चौथो अधिवेशनले पाण्डेको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको हो । समितिको वरिष्ठ उपसभापति तथा महासमिति सदस्यमा चन्दा अधिकारी र महामन्त्रीमा सुशील भुसाल चयन भएका छन्।
नेपाली जनसम्पर्क समिति क्यानाडाको अध्यक्षमा पाण्डे

काठमाडौं, असोज १२ : नेपाली जनसम्पर्क समिति क्यानाडामा हेमराज पाण्डे चयन भएका छन् ।

नेपाली जनसम्पर्क समिति क्यानाडाको चौथो अधिवेशनले पाण्डेको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको हो । समितिको वरिष्ठ उपसभापति तथा महासमिति सदस्यमा चन्दा अधिकारी र महामन्त्रीमा सुशील भुसाल चयन भएका छन्।

त्यसैगरी क्षेत्रीय तथा क्षेत्रगत उपसभापतिहरूमा दीपक बुढाथोकी (पूर्वी क्यानाडा, महासमिति सदस्य), विवेक धिमाल (युवा, महासमिति सदस्य), मोती पाण्डे (पश्चिमी क्यानाडा) र ईन्द्र बहादुर बडुवाल (मध्य क्यानाडा) चुनिएका छन् । समितिको सहमहामन्त्रीमा रामकुमार जिसी, कोषाध्यक्षमा सन्तोष यादव, प्रवक्ता तथा महाधिवेशन प्रतिनिधिमा खुम बस्नेत र सहसचिवहरूमा यशवन्त बिष्ट, कलाधर बीके तथा नवीन सापकोटा चयन भएका छन् ।

कार्यसमिति सदस्य तथा महाधिवेशन प्रतिनिधिमा हिमाल पौडेल, विशेष गौतम र अमृत वस्ती रहेका छन्।  नेपाली कांग्रेसका केन्द्रीय महामन्त्री गुरुराज घिमिरेको प्रमुख आतिथ्य तथा समितिका निवर्तमान सभापति बुद्धि प्रकाश ओलीको अध्यक्षतामा अधिवेशन सम्पन्न भएको थियो । 
 
प्रकाशित मिति: १५:५६ बजे, सोमबार, असोज १२, २०८३
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्