Kathmandu Press

आगामी बजेट तथा कार्यक्रम किसानमैत्री हुनुपर्ने

ती संघसंस्थाले आज संयुक्त विज्ञप्ति जारी गरी देशको दुईतिहाइ जनसङ्ख्या ओगट्ने र प्रमुख उत्पादक शक्तिको रूपमा रहेका किसानको जीवन परिवर्तन गर्ने गरी आगामी बजेट तथा कार्यक्रम तय गरी कार्यान्वयन गर्न सरकारसमक्ष माग गरेका हुन्।
आगामी बजेट तथा कार्यक्रम किसानमैत्री हुनुपर्ने

काठमाडौं, चैत २ : अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र), अखिल नेपाल किसान महासङ्घ र अखिल नेपाल किसान महासङ्घ (अप्फा) ले किसानहरूको जीवन र जीविकामा आमूल परिवर्तन ल्याउने गरी नेपाल सरकारको आगामी बजेट तथा कार्यक्रम तय गरी कार्यान्वयन गर्नुपर्ने माग गरेका छन्।

ती संघसंस्थाले आज संयुक्त विज्ञप्ति जारी गरी देशको दुईतिहाइ जनसङ्ख्या ओगट्ने र प्रमुख उत्पादक शक्तिको रूपमा रहेका किसानको जीवन परिवर्तन गर्ने गरी आगामी बजेट तथा कार्यक्रम तय गरी कार्यान्वयन गर्न सरकारसमक्ष माग गरेका हुन्।

ती संस्थाले मूल्यवृद्धि नियन्त्रण, कालोबजारी गर्नेहरूमाथि कडा कारबार्ही, उपभोक्ता र उत्पादक सहकारीमार्फत सुपथ मूल्य पसल सञ्चालन गर्नुपर्नेमा जोड दिएका छन्। “रासायनिक मलको मूल्यवृद्धि अविलम्ब रोक्न, दीर्घकालीन योजना बनाई खेतीको समयमा रासायनिक मलको अभाव हुने अवस्थाको सधैँका लागि अन्त्य गर्न, आगामी १० वर्षमा देशमा रासायनिक मलबिना खेती गर्न सकिने गरी प्राङ्गारिक खेती र दिगो कृषिलाई प्रवद्र्धन गरिनुपर्छ”, विज्ञप्तिमा भनिएको छ।

किसानमुखी र जनमुखी मौद्रिक नीति जारी गरी कडाइका साथ लागू गर्नुपर्ने तथा नेपाल राष्ट्र बैंकको नीतिविपरीत ऋण प्रवाह र अन्य कार्य गर्ने सहकारी, लघुवित्त र तिनका सञ्चालकलाई कारबाही गर्नुपर्ने विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित मिति: १८:१३ बजे, बिहीबार, चैत २, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्