Kathmandu Press

 रासायनिक मलमा अनुदान कटौती गर्ने निर्णयविरुद्ध नेमकिपाकाे प्रदर्शन

अनुदान कटौती गर्ने सरकारको निर्णयले किसानहरु मर्कामा परेको भन्दै संघले बिहीबार काठमाडौंमा विरोध प्रदर्शन गरेका हुन्।
 रासायनिक मलमा अनुदान कटौती गर्ने निर्णयविरुद्ध नेमकिपाकाे प्रदर्शन

काठमाडौं, चैत २ : रासायनिक मलमा अनुदान कटौती गर्ने निर्णयविरुद्ध नेमकिपा निकट नेपाल क्रान्तिकारी किसान संघले काठमाडौंमा विरोध प्रदर्शन गरेको छ।

अनुदान कटौती गर्ने सरकारको निर्णयले किसानहरु मर्कामा परेको भन्दै संघले बिहीबार काठमाडौंमा विरोध प्रदर्शन गरेका हुन्।

काठमाडौंको सुन्धाराबाट निकालेको विरोध प्रदर्शन सहितको जुलुस न्युरोड, इन्द्रचोक, असन, भोटाहिटी, जमल हुँदै रत्नपार्कमा पुगेर सभामा परिणत भएको थियो।

सभामा नेमकिपाका संघीय संसद प्रेम सुवालले किसानप्रति कुनै सहानुभूति नराख्ने सरकारले एकपछि अर्को किसान विरोधी निर्णय गरेको आरोप लगाए।

नेमकिपाले किसान विरोधी निर्णयले फिर्ता नभएसम्म आन्दोलन गर्ने चेतावनी दिएको छ। 

प्रकाशित मिति: १७:३२ बजे, बिहीबार, चैत २, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्