Kathmandu Press

रास्वपाका पराजुली भोटेकोशी–त्रिशूली विपद् सम्बन्धी संसदीय विशेष समितिको सभापति बन्ने

उनका प्रस्तावकमा नेपाली कांग्रेसका सांसद मोहन आचार्य रहेका छन्। पराजुलीको उमेदवारीमा संसद्‌मा रहेका अरू दलले समर्थन जनाएका छन्। 
रास्वपाका पराजुली भोटेकोशी–त्रिशूली विपद् सम्बन्धी संसदीय विशेष समितिको सभापति बन्ने

काठमाडौं, असोज १३ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलका उपनेता गणेश पराजुली भोटेकोसी विपद्‌बारे गठित संसदीय विशेष समितिको सभापति बन्ने पक्का भएको छ। 

समितिको सभापतिका लागि उनको एकल उमेदवारी परेपछि उनी सभापति बन्ने पक्का भएको हो। 

उनका प्रस्तावकमा नेपाली कांग्रेसका सांसद मोहन आचार्य रहेका छन्। पराजुलीको उमेदवारीमा संसद्‌मा रहेका अरू दलले समर्थन जनाएका छन्। 

समर्थकमा एमालेका सांसद पुष्पराज कँडेल, नेपाली कम्युनिस्ट पार्टी ९नेकपा०का रमेश मल्ल, श्रम संस्कृति पार्टीका ध्रुवराज राई, राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०की सरस्वती लामा र रास्वपाकी निशा डाँगी छन्।

यही असोज ५ गते गठित समिति सभापतिको निर्वाचन बुधबारका निम्ति तय छ। पराजुली सभापतिमा निर्वाचित भएको औपचारिक घोषणा बुधबारै गरिने ।

प्रकाशित मिति: १६:२२ बजे, मंगलबार, असोज १३, २०८३
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्