Kathmandu Press

बढिरहेका छन् ओस्कर विजेता चलचित्रका दर्शक

ओस्करमा सर्वोत्कृष्ट घोषणा भएपछि यसको दर्शक नेपालमा समेत बढेका छन्।
बढिरहेका छन् ओस्कर विजेता चलचित्रका दर्शक

काठमाडौं, चैत २ : विश्वकै सर्वश्रेष्ठ मानिने ओस्कर (एकेडेमी अवार्ड) को ९५औँ संस्करण सम्पन्न भएसँगै ‘एभ्रिथिङ एभ्रिह्वेयर अलएटवन्स’ चलचित्र चर्चामा छ।

गत सोमबार बिहान सम्पन्न अवार्डमा यसले सर्वोत्कृष्ट चलचित्रसँगै निर्देशकमा ड्यानियल क्वान, अभिनेत्रीमा मिसेल योह, सम्पादनमा पल रोजर्स, मौलिक पटकथामा निर्देशक क्वान र ड्यानियल स्किनर्ट, सह अभिनेत्रीमा के ह्यु क्वान र सह–अभिनेतामा के ह्ये क्वानले अवार्ड जित्न सफल भए। 

Hardik ivf

सात विधामा अवार्ड जितेका चलचित्र चिनियाँ–अमेरिकी लाउन्ड्री व्यवसायका मालिकले उसको लेखापरीक्षकसँग गर्ने सङ्घर्षको कथावस्तुमा आधारित छ। आर्टहाउस बजार खुम्चिएको समयमा व्यावसायिकरुपमा समेत आफूलाई अब्बल सावित गरेको चलचित्र आप्रवासी महिला पात्र एभलिन वाङले समानान्तर ब्रह्माण्ड (मल्टिभर्स) सिर्जना गर्ने कथामा आधारित छ। 

यस्तै कन्सेप्ट मार्भल स्टुडियोको स्पाइडर म्यानः नो वे होम र डाक्टर स्ट्रेञ्जको शृङ्खलामा देख्न पाइए पनि यसपटक मौलिकपनले ‘एभ्रिथिङ एभ्रिह्वेयर अल एटवन्स’ लाई ओस्करमा अब्बल सावित गरेको हो। प्रत्येक ब्रह्माण्डमा चुनौती, क्षमता र दृष्टिकोण फरक  देखिएको चलचित्रमा ट्वीस्टले दर्शकलाई झनै आकर्षित गर्छ। 

ओस्करमा सर्वोत्कृष्ट घोषणा भएपछि यसको दर्शक नेपालमा समेत बढेका छन्।  सामाजिक सञ्जालमार्फत चलचित्र हेरिसकेपछि प्रतिक्रिया दिइरहेको देख्न सकिन्छ। चलचित्र लेखक सुशील पौडेलले यसको कथावस्तु र कलाकारको अभिनय सुन्दर पक्ष रहेको बताए। 

'यसमा आर्ट भ्यालु छ, जसलाई निर्देशकले व्यावसायिक पाटोमा उतार्न सफल भएका छन्। कलात्मक चलचित्रमा जोड दिइरहेकालाई यसले हौसला मिल्नेछ', उनले भने। अभिनेता नरेन खड्काले अवार्ड जितेका विधालाई दर्शकका रूपमा सहजै महशुस गर्न सकिने बताए।

'ओस्कर अवार्ड घोषणा भएपश्चात् विजेता विधालाई झनै ध्यान दिएजस्तो लाग्छ।  साँच्चै अब्बल नै पाएँ। हामीले सिक्ने धेरै तथ्य छन्', उनले भने। 

प्रकाशित मिति: १७:०६ बजे, बिहीबार, चैत २, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्