Kathmandu Press

प्रधानमन्त्री कार्यालयको ट्विटर एकाउन्ट पुनः सञ्चालन

बुधबार बेलुकीदेखि सो ट्विटर ह्याण्डलमा अनाधिकृतरूपमा प्रवेश गरी असम्बन्धित कुरा ट्विट भएको प्रधानमन्त्रीको कार्यालयले जनाएको छ। 
प्रधानमन्त्री कार्यालयको ट्विटर एकाउन्ट पुनः सञ्चालन

काठमाडौं, चैत २ : प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको ट्वीटर एकाउन्ट ‘पिएम नेपाल’ पुनः सञ्चालनमा आएको छ।

बुधबार बेलुकीदेखि सो ट्विटर ह्याण्डलमा अनाधिकृतरूपमा प्रवेश गरी असम्बन्धित कुरा ट्विट भएको प्रधानमन्त्रीको कार्यालयले जनाएको छ। 
 
ट्वीटर ह्याण्डलमा ‘टु फ्याक्टर अथेन्टिकेसन’लगायत सुरक्षाका सबै उपाय अवलम्बन भएको अवस्थामा समेत अनाधिकृत प्रवेश भएको घटनाबारे छानबिन जारी रहेको प्रधानमन्त्री कार्यालयका सूचना प्रविधि विज्ञ प्रकाश रायमाझीले जानकारी दिए।

यसबारे सत्थतथ्य छिट्टै नै सार्वजनिक गरिने  उनको भनाइ थियो।

प्रकाशित मिति: १६:३५ बजे, बिहीबार, चैत २, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्