Kathmandu Press

नेविसंघकाे स्ववियु चुनाव लक्षित घोषणापत्र सार्वजनिक

नेविसंघ केन्द्रीय समितिले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै घोषणापत्र सार्वजनिक गरेको हो। घोषणापत्रमा लोकतान्त्रिक मूल्य मान्यता स्थापित हुनेगरि ज्ञानवर्धक र जीवन उपयोगी शिक्षा लागु गर्नुपर्ने उल्लेख गरिएको छ।
नेविसंघकाे स्ववियु चुनाव लक्षित घोषणापत्र सार्वजनिक

काठमाडौं, चैत २ : नेपाल विद्यार्थी संघ केन्द्रीय समितिले स्वतन्त्र विद्यार्थी युनियनको चुनावी घोषणापत्र सार्वजनिक गरेको छ।

नेविसंघ केन्द्रीय समितिले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै घोषणापत्र सार्वजनिक गरेको हो। घोषणापत्रमा लोकतान्त्रिक मूल्य मान्यता स्थापित हुनेगरि ज्ञानवर्धक र जीवन उपयोगी शिक्षा लागु गर्नुपर्ने उल्लेख गरिएको छ।

नेविसंघले अपाङमैत्री शिक्षालय, छात्रावृत्तिको न्यायोचित वितरण, स्वच्छ पर्यावरण र सुन्दर वातावरण, स्वदेशमै शिक्षा अनि स्वदेशमै भविष्य, विद्यार्थी सहुलियतको विशेष प्याकेजलगायतका एजेन्डा अघि लिएको छ। नेविसंघले व्यावहारिक शैक्षिक क्यालेण्डरसमेत निर्माण गर्ने घोषणा गर्दै त्यसको खाका प्रस्तुत गरेको छ।

नेविसंघले बोकेका मुख्य प्रतिबद्धतामा माध्यमिक शिक्षा सबै नेपालीका लागि अनिवार्य र निःशुल्क बनाउने र उच्च शिक्षा सबैको पहुँचमा, गुणस्तरीय र सर्वसुलभ हुँदै क्रमशः निशुल्क बनाउनेलगायत छन्।

पत्रकार सम्मेलनमा घोषणापत्र सार्वजनिक समितिका सदस्य सचिव विकल राईले स्ववियु निर्वाचनले विद्यार्थीहरुमाँझ आलोचनात्मक चेतनाको निर्माण गर्ने बताए। उनले स्ववियु निर्वाचन देशका लागि सक्षम र सचेत नागरिक उत्पादन गर्ने प्लाटफर्म भएको उल्लेख गरे।

उनले अहिले स्ववियु निर्वाच हुन नदिने विभिन्न प्रपञ्च भइरहेकोतर्फ लक्षित गर्दै त्यसप्रति सचेत हुन पनि उनले सबैलाई आग्रह गरे। 

प्रकाशित मिति: १६:११ बजे, बिहीबार, चैत २, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्