Kathmandu Press

अर्काे निर्वाचन सभापति देउवा नेतृत्वकाे सरकारबाट हुन्छ : निधि

१० दलीय गठबन्धनअन्तर्गत प्रधानमन्त्रीको जिम्मेवारीमा रहेका पुष्पकमल दाहाल प्रचण्डले दुई वर्षपछि राजीनामा दिनासाथ एक वर्षका लागि नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले सरकारको नेतृत्व लिने बताएका छन्।
अर्काे निर्वाचन सभापति देउवा नेतृत्वकाे सरकारबाट हुन्छ : निधि

काठमाडौं, चैत २ : कांग्रेस नेता विमलेन्द्र निधिले आगामी आम निर्वाचन सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले गर्ने बताएका छन्।

१० दलीय गठबन्धनअन्तर्गत प्रधानमन्त्रीको जिम्मेवारीमा रहेका पुष्पकमल दाहाल प्रचण्डले दुई वर्षपछि राजीनामा दिनासाथ एक वर्षका लागि नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले सरकारको नेतृत्व लिने बताएका छन्।

नेता नेपाल एक वर्ष प्रधानमन्त्रीको जिम्मेवारीमा रहेर राजीनामा दिएपछि दुई वर्षका लागि कांग्रेस सभापति शेरबहादुर देउवाले सरकारको नेतृत्व लिने नेता निधिको भनाइ छ।

कांग्रेस ललितपुर नगर समितिले आज (बिहीबार) मंगलबजारमा आयोजना गरेको कार्यक्रममा उनले निर्वाचन गराउने सरकारको नेतृत्व कांग्रेस सभापति शेरबहादुर देउवाले गर्ने बताएका हुन्।

१० दलीय गठबन्धनको सरकार पाँचै वर्षसम्म टिक्ने दाबी गर्दै उनले अहिले प्रधानमन्त्रीको जिम्मेवारीमा रहेका पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पहिलो चरणमा दुई वर्ष कार्यकाल पूरा गरेपछि एक वर्षका लागि नेकपा एकीकृत समाजवादी (नेकपा एस) का अध्यक्ष माधवकुमार नेपालले सरकार हाँक्ने र त्यसपछि चुनाव नहुन्जेल सभापति देउवाको नेतृत्वमा सरकार रहने बताए।

पूर्वउपसभापतिसमेत रहेका नेता निधिले उपराष्ट्रपति निर्वाचनलगत्तै प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिनासाथ कांग्रेस सरकारमा गइहाल्ने बताए। उनले कांग्रेसको अग्रसरतामा एमालेसँगको गठबन्धनबाट माओवादीलाई मुक्त गराइएकाले नेपालको राजनीति कोर्स करेक्सनमा भएको जिकिर गरे।

प्रकाशित मिति: १५:४५ बजे, बिहीबार, चैत २, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्