Kathmandu Press

त्रिचन्द्र क्याम्पसको स्ववियु निर्वाचन चैत ९ गते हुने

विद्यार्थी भर्नालाई लिएर विवाद भएपछि निर्वाचन तालिका हेरफेर भएको निर्वाचन अधिकृत राजेन्द्र गौतमले बताए। 
त्रिचन्द्र क्याम्पसको स्ववियु निर्वाचन चैत ९ गते हुने

काठमाडौं, चैत २ : काठमाडौंको घण्टाघरस्थित त्रिचन्द्र क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) चुनाव चैत ९ गते हुने भएको छ। अन्यत्र भने चैत ५ गते चुनाव हुनेछ।

विद्यार्थी भर्नालाई लिएर विवाद भएपछि निर्वाचन तालिका हेरफेर भएको निर्वाचन अधिकृत राजेन्द्र गौतमले बताए। 

नयाँ कार्यतालिकाअनुसार मतदाता नामावली चैत ३ गते प्रकाशन गर्ने र त्यसउपर दावी विरोधका लागि चैत ४ गतेको समय दिइएको छ। ५ गते उम्मेदवारी दर्ता र ६ गते उम्मेदवारहरुउपर दाबीविरोधको समय छुट्याइएको छ। ७ गते प्रचारप्रसारका लागि समय दिइएको छ। ७ गतेदेखि नै मौन अवधि सुरु हुनेछ।

कार्यतालिकाअनुसार ९ गते बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म मतदानको समय तय गरिएको छ।

हेर्नुहोस् कार्यतालिका

Trichandra-752x10241678959326.jpg

प्रकाशित मिति: १५:१९ बजे, बिहीबार, चैत २, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्