सरकारी निवास छाडेर निजी निवासमा सरे उपराष्ट्रपति पुन
नयाँ निर्वाचित उपराष्ट्रपतिले पदभार ग्रहण नगर्दासम्म पुनले निजी निवासबाटै उपराष्ट्रपति कार्यालय धाउने बताइएको छ।
काठमाडौं, चैत २ : उपराष्ट्रपति नन्दबहादुर पुन लैनचौरस्थित उपराष्ट्रपति निवास छाडेर दहचोकस्थित निजी निवासमा सरेका छन्।
उनी आज (बिहीबार) दिउँसो १ बजे चन्द्रागिरी नगरपालिका–१ दहचोकस्थित निजी निवासमा सरेका हुन्। नयाँ उपराष्ट्रपतिका लागि सरकारी निवासको आवश्यक मर्मत तथा सरसफाइ सहजताका लागि उनले बस्दै आएको भवन समयअगावै छाडेर निजी निवासमा सरेको बताइएको छ।
भोलि शुक्रबार (चैत ३ मा) नयाँ उपराष्ट्रपति चयनका लागि निर्वाचन हुँदैछ। नयाँ निर्वाचित उपराष्ट्रपतिले पदभार ग्रहण नगर्दासम्म पुनले निजी निवासबाटै उपराष्ट्रपति कार्यालय धाउने बताइएको छ।

प्रकाशित मिति: १३:५८ बजे, बिहीबार, चैत २, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











