Kathmandu Press

काठमाडौंमा अन्तर्राष्ट्रिय चलचित्र महोत्सव हुँदै

काठमाडौं, माघ ३ : नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानको आयोजनामा तेस्रो नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव हुने भएको छ।

फागुन १ देखि ....

काठमाडौंमा अन्तर्राष्ट्रिय चलचित्र महोत्सव हुँदै

काठमाडौं, माघ ३ : नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानको आयोजनामा तेस्रो नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव हुने भएको छ।

फागुन १ देखि ५ गतेसम्म राष्ट्रिय सभागृह र पर्यटन बोर्डको सभाकक्षमा हुने महोत्सवमा ८० वटा चलचित्र प्रदर्शन हुनेछन्। महोत्वसमा १० वटा अन्तर्राष्ट्रिय कथानक चलचित्र, ३५ लघु चलचित्र, पाँच नेपाली कथानक चलचित्र, १५ नेपाली लघु चलचित्र, आठ वृत्तचित्र र ६ एनिमेटेड चलचित्र प्रदर्शन तथा प्रतिस्पर्धा हुने बताएको छ।

गत दुई संस्करणमा कथानक चलचित्र मात्रै प्रस्तुत गरिँएको थियो। यो वर्षमा एनिमेसन र वृत्तचित्रको विधा थप गरिएको महोत्सव छ।  

Hardik ivf

महोत्सवमा राजेश हमालले आफ्नो अभिनय यात्राबारेमा अनुभव सुनाउने छन्।

महोत्सवमा बलिउड फिल्म निर्देशक प्रकाश झा नेतृत्वको निर्णायक मण्डलले चलचित्रको कथानकलाई मूल्यांकन गर्नेछ। यसमा गौरी मल्ल, मञ्जुकुमार श्रेष्ठ, पोर्चुगाली फिल्ममेकर जाओ पाओलो र सिंगापुरका फिल्ममेकर युनी हाडी सदस्य रहनेछन्।

वृत्तचित्र, लघु चलचित्र तथा एनिमेटेड चलचित्रतर्फको निर्णायक मण्डलको नेतृत्व श्रीलंकाली फिल्ममेकर अनोमा राजाकरुणाले गर्नेछिन् भने थिबाउट फ्रेक र करुणा थापा सदस्य रहनेछन्।

अन्तर्राष्ट्रय प्रतिस्पर्धाअन्तर्गत सर्वोत्कृष्ट कथानक चलचित्रलाई एक हजार पाँच सय अमेरिकी डलरसहित गौतमबुद्ध अवार्ड प्रदान गरिनेछ। त्यस्तै सर्वोत्कृष्ट वृत्तचित्रलाई एक हजार डलरसहित माउन्ट एभरेस्ट अवार्ड, सर्वोत्कृष्ट एनिमेटेड चलचित्रलाई सात सय ५० डलरसहित मञ्जुश्री अवार्ड, सर्वोत्कृष्ट लघु चलचित्रलाई पाँच सय डलरसहित बागमती अवार्ड प्रदान गरिनेछ।

नेपाली प्रतिस्पर्धाअन्तर्गत उत्कृष्ट कथानक चलचित्रलाई एक लाख रूपैयाँ र उत्कृष्ट लघु चलचित्रलाई ४० हजार रूपैयाँसहितको पुरस्कार प्रदान गरिनेछ। कथानक चलचित्रतर्फका उत्कृष्ट निर्देशक, लेखक, छायाकार, अभिनेता र अभिनेत्रीलाई ट्रफी प्रदान गरिनेछ।

 

प्रकाशित मिति: १४:२३ बजे, शुक्रबार, माघ ३, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्