Kathmandu Press

उपराष्ट्रपतिमा समझदारी कायम गर्न १० दलको बैठक बस्दै

बुधबार प्रधानमन्त्रीको सरकारी निवासमा बसेको बैठकमा उपराष्ट्रपतिको उम्मेदवारका विषयमा समझदारी कायम गर्नेबारे छलफल भएको थियो। नयाँ उपराष्ट्रपति चयनका लागि चैत ३ गते मतदान हुँदैछ। 
उपराष्ट्रपतिमा समझदारी कायम गर्न १० दलको बैठक बस्दै

काठमाडौं, चैत २ : सत्तारुढ १० दलीय गठबन्धनको बैठक आज पनि बस्दै छ। यसअघि बुधबार बसेको बैठकमा उपराष्ट्रपतिको उम्मेदवारको विषयमा सहमति जुट्न सकेको थिएन्। 

बुधबार प्रधानमन्त्रीको सरकारी निवासमा बसेको बैठकमा उपराष्ट्रपतिको उम्मेदवारका विषयमा समझदारी कायम गर्नेबारे छलफल भएको थियो। नयाँ उपराष्ट्रपति चयनका लागि चैत ३ गते मतदान हुँदैछ। 

गठबन्धनमा सम्मेलित १० दल मध्येबाट उपराष्ट्रपतिमा ३ जनाको उम्मेदवारी परेको छ। सत्ता साझेदार दल जनता समाजवादी पार्टी (जसपा) बाट रामसहाय प्रसाद यादव र प्रमिला कुमारी यादव तथा जनमत पार्टीबाट ममता झाको उम्मेदवारी परेको छ। 

जसपाबाट उम्मेदवार बनेकी प्रमिला कुमारीले आफ्नै पार्टीका उम्मेदवार रामसहाय प्रसादलाई समर्थन गर्दै उम्मेदवारी फिर्ताको घोषणा गरिसकेकी छन्।  गठबन्धनको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले उपराष्ट्रपतिमा रामसहाय प्रसादलाई समर्थन गर्ने निर्णण गरिसकेको छ। 

सत्ताको नेतृत्वकर्ता नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी लगायत दलले निर्णय गरिसकेका छैनन्।   उपराष्ट्रपतिको उम्मेदवारका सन्दर्भमा एउटा समझदारी कायम गर्न बिहीबार फेरि बैठक बस्न लागेको हो । 

प्रकाशित मिति: ०७:५० बजे, बिहीबार, चैत २, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्