Kathmandu Press

विश्वकप क्रिकेट लिग–२, नेपाल र युएई भिड्दै

यसअघि नेपालले युएईलाई दुई पटक पराजित गरिसकेको छ । त्रिभुवन विश्वविद्यालय, कीर्तिपुरको खेल मैदानमा हुने खेल जितेर विश्वकप छनौट प्रतियोगितामा स्थान बनाउने लक्ष्यका साथ नेपाल मैदान प्रवेश गर्दैछ ।
विश्वकप क्रिकेट लिग–२, नेपाल र युएई भिड्दै

काठमाडौं, चैत २ : विश्वकप क्रिकेट लिग–२ अन्तर्गत आज घरेलु टोली नेपालले अन्तिम खेल युएईसँग खेल्दैछ ।

यसअघि नेपालले युएईलाई दुई पटक पराजित गरिसकेको छ । त्रिभुवन विश्वविद्यालय, कीर्तिपुरको खेल मैदानमा हुने खेल जितेर विश्वकप छनौट प्रतियोगितामा स्थान बनाउने लक्ष्यका साथ नेपाल मैदान प्रवेश गर्दैछ ।

यसअघि नेपालले दिएको २४९ रनको लक्ष्य पछ्याएको युएई २२.५ ओभरमा ७१ रन बनाउँदा अलआउट भएको थियो ।

घरेलु मैदानमा एक दिवसीय त्रिकोणात्मक सिरिजमा युएईमाथि सानदार जित निकाले पछि नेपालले आगामी ४ वर्षका लागि एक दिवसीय मान्यता जोगाई सकेको छ ।

प्रकाशित मिति: ०७:२६ बजे, बिहीबार, चैत २, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्