समानुपातिक सांसदबारे निर्णय गर्न जसपाको बैठक बस्दै
समानुपातिक सांसदबारे निर्णय गर्न बैठक बोलाइएको पार्टीले जनाएको छ । जसपाकी शहनाज रहमानको निधन भएपछि प्रतिनिधि सभा तर्फको एक स्थान रिक्त छ ।
काठमाडौं, चैत २ : जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक आज बस्ने भएको छ ।
समानुपातिक सांसदबारे निर्णय गर्न बैठक बोलाइएको पार्टीले जनाएको छ । जसपाकी शहनाज रहमानको निधन भएपछि प्रतिनिधि सभा तर्फको एक स्थान रिक्त छ ।
मुस्लिम क्लस्टरको दोस्रो स्थानमा मञ्जु अन्सारी रहेकी छन् । बैठक पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा बिहान ११ बजे बस्ने छ ।
प्रकाशित मिति: ०७:२३ बजे, बिहीबार, चैत २, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार