Kathmandu Press

‘प्रेमा’ नेपालीसँगै तमिल, तेलुगु र हिन्दी भाषामा प्रदर्शन हुने

‘प्रेमा’ नेपालीसँगै तमिल, तेलुगु र हिन्दी भाषामा प्रदर्शन हुने

काठमाडाैं, चैत १ : नेपाली चलचित्र ‘प्रेमा’लाई हिन्दी, तमिल र तेलुगु भाषामा समेत प्रदर्शन गरिने भएको छ । काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा निर्देशक गोविन्दसिंह भण्डारीले नेपालीबाहेक अन्य भाषालाई ‘ओभर दी टप’ अर्थात् ओटिटीका माध्यमले दर्शकमा पुर्‍याइने जानकारी दिए ।  

'मैले तेलुगु चलचित्रमा काम गरेको छु । त्यहाँका दर्शकलाई लक्षित गर्दै स्वराङ्कन गरिएको छ । यद्यपि नेपालमा भने नेपाली भाषामा मात्र प्रदर्शन हुनेछ,' निर्देशक भण्डारीले भने, 'हामीले अन्य दर्शक थप्ने हो भने स्वराङ्कनको विकल्प नै छैन । यसले ओटिटीमा स्थान पाएमा अन्य चलचित्रलाई समेत सजिलो हुनेछ ।' उनले ‘रणवीर’ चलचित्रमार्फत निर्देशनमा सुरुआत गर्नुभएको थियो । पहलो चलचित्र द्वन्द्वप्रधान भए तापनि दोस्रो प्रेमकथामा आधारित छ ।  

Hardik ivf

निर्देशक भण्डारीले भने, 'दर्शकलाई फरक स्वाद दिउँ भनेर प्रेम कथानक विधा रोजेको हुँ । यसमा द्वन्द्व छ तर प्रेमको । यसपछि केही समय म यस्तो चलचित्र निर्देशन गर्दिनँ ।' गत कात्तिकमा प्रदर्शन भएको चलचित्र ‘महापुरूष’मार्फत दर्शकमाझ स्थापित भएका अभिनेता अरुण क्षेत्रीले कथावस्तु सुन्दर रहेको बताए । 'ट्रेलरमा उस्तै देखिए तापनि मेरो चरित्र विल्कुलै फरक छ । आफूलाई भिन्न देखाउने कोसिस गरेको छु,' अभिनेता क्षेत्रीले भने, 'दर्शकले गर्नुभएको विश्वास बढ्ने गरी काम गरेको छु ।'

चलचित्रकी अभिनेत्री सुवेक्षा खड्काले आफूले निर्वाह गर्न चाहेको भूमिका पाएको जानकारी दिए । उनले भने, 'यो चरित्रसँग भावनात्मकरूपमा समेत जोडिएकी थिए । यसलाई जिवन्त बनाउन आफ्नोतर्फबाट सक्दो मेहनत गरेकी छु ।' आयोजित पत्रकार सम्मेलनमा एसडी योगीको स्वर, सविन एकतारेको शब्द र सुशान्त गौतमको सङ्गीत रहेको चलचित्रको नयाँ गीत ‘फूल यो चुँडेर’ सार्वजनिक गरिएको थियो । 

त्रिकोणात्मक सम्बन्धलाई चित्रण गरिएको चलचित्रलाई काठमाडौँ, धनगढी र कर्णालीमा छायाङ्कन गरिएको छ । यसमा विमला केसी, हिउँवाला गौतम, पुरण जोशी, सविन बास्तोला, रोशनी स्याङ्बो, प्रकाश बस्नेत, महान थापा, सुरेन्द्र बसेल, भिभियाना थपलियालगायतले अभिनय गरेका छन। चैत १७ गतेदेखि प्रदर्शन हुने चलचित्र ‘प्रेमा’ लाई उपत्यकामा जिजीए ग्रुप र मोफसलमा एफडी कम्पनीले वितरण गर्दैछ । 

प्रकाशित मिति: २०:४६ बजे, बुधबार, चैत १, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्