निर्वाचन आयोगले कांग्रेससँग साेध्याे २४ घण्टे स्पष्टीकरण

काठमाडाैं, चैत १ : नेपाली कांग्रेससँग निर्वाचन आयोगले २४ घण्टे स्पष्टीकरण सोधेको छ। उपराष्ट्रपति उम्मेदवार रामसहायप्रसाद यादवलाई मत दिने निर्णय सार्वजनिक गरेको भन्दै आयोगले कांग्रेसलाई स्पष्टीकरण सोधेको हाे।
बुधबार बिहान सानेपास्थित पार्टी कार्यालयमा बसेको केन्द्रीय कार्यसम्पादन बैठकले जनता समाजवादी पार्टीका उम्मेदवार रामसहायप्रसाद यादवलाई मत दिने निर्णय गरेको थियो।
उक्त निर्णय गरेसँगै पार्टीका प्रवक्ता प्रकाशशरण महतले पत्रकारहरूसँग निर्णय सार्वजनिक गरेका थिए।
उक्त निर्णय सार्वजनिक भएपछि आयोगले कांग्रेससँग स्पष्टीकरण सोधेको हो।
आयोगले मंगलबार विज्ञप्ति जारी गर्दै ४८ घण्टा अगाडि मौन अवधि जारी भएको जानकारी गराएको थियो।माैन अवधिकाे समयमा प्रचारप्रसार, छलफल, मत माग्न, सभा, भेला, गोष्ठीलगायत गर्न निषेध गरेको छ।
प्रकाशित मिति: २०:२३ बजे, बुधबार, चैत १, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











