बिना निष्कर्ष टुङ्गियाे १० दलबीचको बैठक, भाेलि फेरि बस्ने
यसबारेमा फेरि भोलि बैठक बसेर समझदारी कायम गर्ने बस्नेतले बताए।
काठमाडाैं, चैत १ : प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेकाे १० दलकाे बैठक बिना निष्कर्ष टुङ्गिएकाे छ।
उपराष्ट्रपति निर्वाचनबारे छलफल गर्न बुधबार बसेकाे बैठक सकारात्मक भएकाे नेकपा माओवादी केन्द्रका नेता शक्ति बस्नेतले बताए।
उपराष्ट्रपतिको निर्वाचनको लागि सत्तारूढ गठबन्धनमा रहेका १० दलबाटै तीन जना उम्मेदवार छन्।
जनता समाजवादी पार्टीबाट रामसहायप्रसाद यादव, प्रमिला यादव र जनमत पार्टीकी ममता झा उम्मेदवार छन्।
तर जनमत पार्टीले आफ्नो उम्मेदवारी फिर्ता नलिने अडानपछि उक्त बैठक बसेर साझा उम्मेदवार तय गर्न लागेको हो।
यसबारेमा फेरि भोलि बैठक बसेर समझदारी कायम गर्ने बस्नेतले बताए।
प्रकाशित मिति: २०:०२ बजे, बुधबार, चैत १, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











