उपराष्ट्रपतिको निर्वाचनबारे निर्णय लिन सत्तारुढ १० दलको बैठक बालुवाटारमा सुरु
उपराष्ट्रपतिको निर्वाचन, सरकार गठनलगायत विषयमा छलफल गर्न दस दलको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरू भएको हो।
काठमाडौं, चैत १ : सत्तारुढ १० दलको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ।
उपराष्ट्रपतिको निर्वाचन, सरकार गठनलगायत विषयमा छलफल गर्न दस दलको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरू भएको हो।
राष्ट्रपतिका लागि सत्तारुढ गठबन्धनबाटै ३ जना उम्मेदवार छन्। सत्तारुढ ठुला दलले जनता समाजवादी पार्टी जसपालाई उपराष्ट्रपति दिने भने पनि जनमत पार्टीले पनि ममता झाको उम्मेदवारी दर्ता गराएको छ।
नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीले रामसहायप्रसादलाई सघाउने बताइसकेका छन्। प्रमिलाकुमारीले प्राविधिक रुपमा मात्र आफ्नो उम्मेदवारी कायम रहे पनि रामसहायलाई समर्थन गर्ने जनाइसकेकी छन्। लोसपा र नागरिक उन्मुक्तिले ममतालार्इ सघाउने बताएका छन्।
गठबन्धनमा आबद्ध दलहरू नै उपराष्ट्रपतिमा एक उम्मेदवारका लागि सहमति बैठकमा हुने अपेक्षा गरिएको छ। एमालेले उपाध्यक्ष अष्टलक्ष्मी शाक्यलाई उम्मेदवार बनाएको छ।











