राप्रपा उपराष्ट्रपति निर्वाचनमा पनि तटस्थ बस्ने
गत बिहीबार सम्पन्न राष्ट्रपति निर्वाचनमा पनि तटस्थ बसेको राप्रपाले शुक्रबार हुने निर्वाचनमा पनि मत नहाल्ने निर्णय गरेको हो।
काठमाडौं, चैत १ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले शुक्रबार (फागुन ३ मा) हुने उपराष्ट्रपति निर्वाचनमा मत नदिने भएको छ।
गत बिहीबार सम्पन्न राष्ट्रपति निर्वाचनमा पनि तटस्थ बसेको राप्रपाले शुक्रबार हुने निर्वाचनमा पनि मत नहाल्ने निर्णय गरेको हो।
उपराष्ट्रपतिमा चारजनाको उम्मेदवारी परेको छ। एमालेले उपाध्यक्ष अष्टलक्ष्मी शाक्यलाई उम्मेदवार बनाएको छ भने। जनमत पार्टीले ममता झालाई उम्मेदवार बनाएको छ। जसपाबाट रामसहायप्रसाद यादव र प्रमिलाकुमारी यादव उम्मेदवार छन्।
नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीले रामसहायप्रसादलाई सघाउने बताइसकेका छन्। प्रमिलाकुमारीले प्राविधिक रुपमा मात्र आफ्नो रहे पनि रामसहायलाई समर्थन गर्ने जनाइसकेकी छन्। लोसपा र नागरिक उन्मुक्तिले ममतालाइृ सघाउने निर्णय गरेका छन्।
प्रकाशित मिति: १७:०६ बजे, बुधबार, चैत १, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











