Kathmandu Press

चैत ६ गते विश्वासको मत लिने प्रधानमन्त्री दाहालकाे तयारी

आफूलाई विश्वासको मत दिएका ठुला पार्टीले सरकार छाडेको अवस्थामा उनले पुनः विश्वासको मत लिन सत्ता साझेदार दलका शीर्ष नेताहरुसँग छलफल गरेर मिति तय गरेको दाहालको सचिवाललयले जनाएको छ।
चैत ६ गते विश्वासको मत लिने प्रधानमन्त्री दाहालकाे तयारी

काठमाडौं, चैत १ : माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहालले चैत ६ गते विश्वासको मत लिने तयारी गरेका छन्।

सुरुमा भएको सात दलीय गठबन्धन भत्किएर कांग्रेसको नेतृत्वमा नयाँ समीकरण बनेपछि एमाले र राप्रपा सरकार छाडेका छन्। रास्वपाले त्यसअघि नै सरकार छाडेको थियो।  

आफूलाई विश्वासको मत दिएका ठुला पार्टीले सरकार छाडेको अवस्थामा उनले पुनः विश्वासको मत लिन सत्ता साझेदार दलका शीर्ष नेताहरुसँग छलफल गरेर मिति तय गरेको दाहालको सचिवाललयले जनाएको छ। यसबारे औपचारिक निर्णय भने हुन बाँकी रहेको जनाइएको छ।

प्रधानमन्त्री दाहालले विश्वासको मत लिएपछि मात्र मन्त्रिपरिषद् विस्तार गर्ने जनाइएको छ। 

प्रकाशित मिति: १६:५७ बजे, बुधबार, चैत १, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्