Kathmandu Press

‘याैटा सपनाको अवसान’ तयारी गर्दै अनुप बराल

‘याैटा सपनाको अवसान’ तयारी गर्दै अनुप बराल

काठमाडाैं, चैत १ : समसामयिक विषयलाई चोटिलो गरी प्रस्तुत गर्नुहुने नाट्य निर्देशक अनुप बरालले ‘याैटा सपनाको अवसान’ को तयारी गर्दैछन् । खुसी छाडेर सुखको पछि लाग्नेहरुको कथा नाटकमा प्रस्तुत गरिने उनले जानकारी दिए।  

‘नाटकले खुसी र सुखको परिभाषालाई बहसमा ल्याउने छ । यो अमेरिकी नाटक ‘डेथ अफ अ सेल्समेन’को नेपाली अनुवाद हो । आर्थर मिलरद्वारा लिखित नाटकलाई विप्लव प्रतीकले नेपालीमा अनुवाद गर्नुभएको हो,’ निर्देशक बरालले भने। 

Hardik ivf

नाटक विधातर्फ पुलित्जर पुरस्कार र टोनी अवार्ड जित्न सफल यो नाटकलाई २०औँ शताब्दीको उत्कृष्ट नाटकमध्ये एक मानिन्छ । अमेरिकामा सात सयभन्दा बढी पटक मञ्चन भएको यो नाटक विश्वका धेरै देशमा पनि मञ्चन भइसकेको छ । 

शेखर चापागाईं, दिव्यदेव, दिया मास्के, मेनुका प्रधान, विजय बराल, विकास जोशी, रोयदिभ श्रेष्ठलगायत  कलाकारको अभिनय रहने उक्त नाटक चैत १० गतेदेखि सुरु भएर एक महिनासम्म चल्नेछ ।

निर्देशक बरालले तीन वर्षअघि मान्छेको लासमाथि भोज गर्ने राजनीतिज्ञलाई तिखो व्यङ्ग्य गरेको नाटक ‘महाभोज’ मा निर्देशन गरेका थिए । एक्टर्स स्टुडियो र मण्डला थिएटरसँगको सहकार्यमा गोविन्द पराजुलीले यो नाटक निर्माण गरेका हुन् ।

प्रकाशित मिति: १६:१८ बजे, बुधबार, चैत १, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्