मध्यपश्चिम विश्वविद्यालयकाे स्ववियु निर्वाचन स्थगित
अदालतले मंगलबार अर्को आदेश नभएसम्मका लागि चैत ५ का लागि तोकिएको निर्वाचन स्थगित गर्न आदेश दिएको थियो।
सुर्खेत, चैत १ : मध्यपश्चिम विश्वविद्यालयमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन स्थगित भएको छ।
उच्च अदालत सुर्खेतको आदेशपछि स्ववियु निर्वाचन स्थगित भएको हो। अदालतले मंगलबार अर्को आदेश नभएसम्मका लागि चैत ५ का लागि तोकिएको निर्वाचन स्थगित गर्न आदेश दिएको थियो।
स्कुल अफ मेनेजमेन्टका केही विद्यार्थीले मध्यपश्चिम विश्वविद्यालय, स्कुल अफ म्यानेजमेन्ट, स्वतन्त्र विद्यार्थी युनियन निर्वाचन समिति र केन्द्रीय विभागको स्वतन्त्र विद्यार्थी युनियन निर्वाचन अधिकृतको कार्यालयलाई विपक्षी बनाइ मंगलबार मतदानबाट वञ्चित गराइएको भन्दै उच्च अदालतमा रिट दायर गरेपछि चैत ८ गते दुवै पक्षलाई अदालतमा उपस्थित हुन अल्पकालीन आदेश दिइएको छ।
स्ववियु निर्वाचनमा मोसुमका करिब ४०० विद्यार्थीको मतदान गर्न पाउने अधिकार कुण्ठित गर्न खोजिएको रिटमा उल्लेख छ।
प्रकाशित मिति: १५:४० बजे, बुधबार, चैत १, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











