Kathmandu Press

रिक्त सांसदबारे निर्णय लिन जसपाकाे बैठक भाेलि बस्ने

बैठक बिहीबार बिहान ११ बजे पार्टी कार्यालय बालकुमारीमा बस्ने बताइएको छ।
रिक्त सांसदबारे निर्णय लिन जसपाकाे बैठक भाेलि बस्ने

काठमाडौं, चैत १ : जनता समाजवादी पार्टी (जसपा) प्रतिनिधिसभामा समानुपातिकतर्फ रिक्त सांसदबारे निर्णय लिन भोलि (बिहीबार) केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएको छ।

बैठक बिहीबार बिहान ११ बजे पार्टी कार्यालय बालकुमारीमा बस्ने बताइएको छ। जसपाकी सांसद सहनाज रहमानको निधन भएपछि प्रतिनिधिसभा तर्फको एक स्थान रिक्त छ। 

जसपाको समानुपातिक बन्दसूचीमा मुस्लिम क्लस्टरमा सहनाज पहिलो स्थानम थिइन्। अब दोस्रो स्थानमा रहेकी मञ्जु अन्सारी सांसद बन्ने बढी सम्भावना रहेको एक नेताले बताए।

प्रकाशित मिति: १५:३८ बजे, बुधबार, चैत १, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्