प्रधानमन्त्रीसँग ६ वटा प्रदेश प्रमुखको भेट
प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटमा उहाँहरुबीच प्रदेशको अवस्थाका बारेमा छलफल भएको प्रधानमन्त्री कार्यालयले जनाएको छ।
काठमाडौं, चैत १ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग विभिन्न ६ प्रदेशका प्रमुखले भेटवार्ता गरेका छन्।
प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटमा उहाँहरुबीच प्रदेशको अवस्थाका बारेमा छलफल भएको प्रधानमन्त्री कार्यालयले जनाएको छ।
प्रधानमन्त्री दाहाललाई भेट गर्न ६ वटा प्रदेशका प्रदेश प्रमुख बालुवाटार पुगेका थिए। प्रधानमन्त्रीसँग कोसी, मधेस, वाग्मती, गण्डकी, लुम्बिनी र कर्णालीका प्रदेश प्रमुखले भेट गरेका हुन्।
प्रकाशित मिति: १३:१२ बजे, बुधबार, चैत १, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार