Kathmandu Press

मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना 

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाकाअनुसार आज राति कोसी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक,दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको जनाएको छ । 
मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना 

काठमाडौं, चैत १ : आज (बुधबार) आंशिकदेखि सामान्य मौसम बदली भइ अपराह्नतिर कोसी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुनेछ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाकाअनुसार आज राति कोसी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक,दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको जनाएको छ । 

महाशाखाका अनुसार हाल देशमा स्थानीय वायु तथा पश्चिमी वायुको सामान्य प्रभाव रहेकाले अहिले बिहान गण्डकी तथा लुम्बिनी प्रदेशमा सामान्य बदली रहेको छ।

यस्तै भोलि (बिहीबार) देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। देशको पहाडी भेगका केही स्थानहरू तथा तराई भेगका थोरै स्थानहरुमा अपराह्नतिर मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

राति पहाडी भूभागको थोरै स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनेछ।

शुक्रबार आंशिकदेखि सामान्य बदली भइ पहाडी भेगका केही स्थानहरू तथा तराईका एक, दुई स्थानमा मेघगर्जन र चट्याङसहित क्षणिक, हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

प्रकाशित मिति: ०८:३५ बजे, बुधबार, चैत १, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्